३० पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

टेलिकमको रिचार्ज कार्डमा समस्या

काठमाडौँ, साउन १५- नेपाल टेलिकमले नमस्ते' प्रि-पेड मोबाइलको रिचार्ज कार्डमा देखिएको खराबी सुधार्ने प्रयास भइरहेको जनाएको छ। प्रि-पेड मोबाइलको रिचार्ज कार्ड खरिद गरी कोर्दा रिचार्ज नम्बर (पिन नम्बर) मेटिने समस्या बढेको गुनासो ग्राहकबाट आएपछि त्यसलाई सुधार्न लागिएको हो।

रिचार्ज कार्ड कम गुणस्तरको कागजमा बनाइएकाले कोर्दा रिचार्ज नम्बर नै मेटिएको गुनासो ग्राहकहरुले गरेका हुन्।

नेपाल टेलिकमका प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले सबै कार्डमा नभई केही नमुना रिचार्ज कार्डमा समस्या देखिएको र ग्राहकबाटै गुनासो बढेपछि त्यसलाई सुधार्ने प्रयास थालिएको बताए।

उनले रिचार्ज कार्डलाई धारिलो वस्तु प्रयोग नगरी औँलाको सहायताले विस्तारै कोर्न आग्रह गर्दै यसबारे टेलिकमले ग्राहकलाई बारम्बार सूचित गरेको उल्लेख गरे।

प्रवक्ता थिकेले ग्राहकको प्रतिक्रियाका आधारमा मोबाइल सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन लागिएको जानकारी दिए।

टेलिकमको त्रिपुरेश्वरस्थित ग्राहक शाखामा रिचार्ज कार्ड कोर्दा नम्बर मेटिएको समस्या लिएर दिनमा तीन सयभन्दा बढी ग्राहक आउने गरेको बताइएको छ।

ग्राहक शाखामा भेटिएका काभ्रेका माधवप्रसाद नेपालले आफूले १० दिनदेखि खरिद गरेको रिचार्ज कार्ड कोर्दा नम्बर मेटिने समस्या भएपछि कामै छोडेर यहाँ आइपुगेको बताए।

यस्तै काठमाडौँका किस्मत केसीले टेलिकमले कम गुणस्तरको कागज प्रयोग गरेकाले ग्राहकहरु मर्कामा परेको गुनासो गरे।

झन्डै एक महिनादेखि टेलिकमको त्रिपुरेश्वर कार्यालयमा दिनहुँ लामो लाइन बसेर ग्राहकले निवेदन फारम भरी आफूले खरिद गरेको रिचार्ज कार्डको क्रमागत नम्बर टिपाएर नयाँ कार्ड लिने गरेका छन्। रासस

प्रकाशित: १५ श्रावण २०६९ ०८:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App