coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

सामसङको ग्यालेक्सी ए२१एस बजारमा

सामसङ्ले ग्यालेक्सी ए२१एस स्मार्टफोन सार्वजनिक गरेको छ । ४८ मेगापिक्सलको क्वाड क्यामेरा रहेको यस मोबाइलमा एचडी ं इन्फिनिटी–ओ डिस्प्ले, पाँच हजार एमएएच ब्याट्रि, डिफेन्स–ग्रेड, सामसङ नक्स सुरक्षा प्लेटफर्म छ । नक्स सुरक्षा प्लेटफर्मले ग्राहकको डेटालाई सुरक्षाको सुनिश्चितता प्रदान गर्नै कम्पनीले जनाएको छ ।  

४८ मेगा पिक्सलको क्वाड क्यामेरा रहेको यस फोनमा मुख्य क्यामेरा तथा अल्ट्रा वाइड लेन्सको साथमा ८ एमपीको क्यामरा रहेको छ क्यामरा ८ गुणासम्म जुम गर्न सकिन्छ । २०:९ को रेसियोको डिस्प्ले तथा डल्बी अडियो रहेको छ भने यस मोबाइलवाट २१ घण्टासम्म लगातार भिडीयो हेर्न सकिने कम्पनीको दावि छ ।  

यस मोबाइलमा १५ वाटको चार्जर रहेको छ भने नक्सद्वारा इन्स्क्रिप्ट गरिएको छ । कम्पनीका अनुसार यस मोबाइल सेटमा नयाँ ईएक्सवाईएलओएस८५० चिपसेट स्थापना गरेको छ भने एआई पावर्ड गेम बुस्टर २ को जडान गरिएको छ ।  

कम्पनीका अनुसार यस मोबाइलमा ६४ जिवी इन्टरनल भण्डारण छ भने ५ सय १२ जिवीसम्म बढाउन सकिन्छ । सामसङको सिग्नेचर वानयूआई इन्टरफेसले एक हातले चलाउने तथा डार्क मोडको सुविधा रहेको छ ।  

त्यसैगरी, यस फोनमा फेस रिकग्निसन तथा फिंगर प्रिन्ट जडान गरिएको छ । विभिन्न रंगमा उपलब्ध यो फोन सन् २०२० को जुलाई १५ तारिखमा बजारमा आएको थियो । ४/६४ जिवीमा उपलब्ध यस फोनको मूल्य २४ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।

प्रकाशित: ३१ असार २०७७ १२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App