१ पुस २०८२ मंगलबार
image/svg+xml
प्रविधि

सेवा लिनेहरु नआएपछि सुदूरपश्चिमको पहिलो इ लाइब्रेरी बन्द

कञ्चनपुर, जेठ २८- एनआरएन र सहरका संभ्रान्त वर्गले इ लाइब्रेरीको पक्षमा वकालत गरे पनि सुदूरपश्चिम क्षेत्रमै पहिलो पटक सेवाग्राहीलाई इन्टरनेटका माध्यमबाट जानकारी उपलब्ध गराउन स्थापना गरिएको ई-लाइब्रेरी (विद्युतीय पुस्तकालय) सेवा लिनेहरुको अभावमा बन्द भएको छ।  

छ वर्षअघि जिल्ला विकास समिति कञ्चनपुरको आन्तरिक पूँजीबाट सञ्चालनमा ल्याइएको ई- लाइब्रेरीको उचित व्यवस्थापन नहुँदा बन्द हुन पुगेको हो।

सर्वसाधारण, विद्यार्थी, सञ्चारकर्मी र सङ्घसंस्थालाई सर्वसुलभ तरिकाले न्यून शुल्कमा कम्प्युटर र इन्टरनेट सेवा प्रदान गर्न ई- लाइब्रेरी सञ्चालनमा ल्याइएको थियो।

ई- लाइब्रेरीबारे सर्वसाधारणलाई सूचित नगर्दा ई- लाइब्रेरीले सेवाग्राही पाउन नसकेको जिल्ला विकास समितिका कर्मचारीले बताए।

जिल्ला विकास समितिको झन्डै रु चार लाखको लागतमा छ वटा कम्प्युटर र प्रिन्टर राखेर ई-लाइब्रेरी सञ्चालनमा ल्याइएको थियो।

ई- लाइब्रेरीमा सेवाग्राहीनै नआएपछि कर्मचारीलाई तलब खुवाएर राख्नु मात्रै परेकाले ई- लाइब्रेरी नै बन्द गर्नुपर्ने अवस्था आइपरेको जिविसका कर्मचारी प्रेम बोकटीले बताए।

बजारमा उपलब्ध कम्प्युटर र इन्टरनेट सेवाभन्दा यहाँ तेब्बर कम शुल्क भए पनि सेवाग्राही नआएकाले ई- लाइब्रेरीलाई सञ्चालन गर्न नसकिएको उनको भनाइ छ।

राख्दाराख्दै ई- लाइब्रेरीका केही कम्प्युटरमा खराबी आएको छ। रासस

प्रकाशित: २८ जेष्ठ २०६९ ०२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App