कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव लिलामणि पौडेलले सरकारी तथा गैरसरकारी निकायले सूचना प्रविधि चाहिएको ठाउँमा खर्च नगर्ने र नचाहिने ठाउँमा लगानी गर्ने चलन बढेको बताए। 'हार्डवेयर र सफ्टवेयर कस्तो प्रयोग गर्ने भन्ने एकरुपता समेत अहिलेसम्म नहुँदा समस्या देखिएको छ,' उनले भने।
नेपालमा काम नलाग्ने हार्डवेयरमा खर्च गर्ने र सिकारुलाई सफ्टवेयर बनाउन दिँदा प्रविधिमा अनेकन समस्या आएको चर्चा उनले गरे। सरकारले एसियाली विकास बैंकको सहयोगमा विद्युतीय सुशासन परियोजना सुरु गरेको र त्यसले अहिले भन्दा धेरै क्षेत्रमा सुधार गरेर सेवाग्राहीलाई घरमै बसीबसी सरकारी सेवा दिने तयारी भइरहेको दाबी उनको थियो।
कार्यक्रमको उद्घाटन वातावरण, विज्ञान तथा प्रविधि मन्त्री केशवमान शाक्यले गरेका थिए।
कार्यक्रममा जेडटीई कर्पोरेसन नेपालका प्रमुख कार्यकारी अधिकृत जु लीले सूचना प्रविधिले आर्थिक विकासमा समेत सहयोग पुर्याउने बताए।
त्यस अवसरमा प्रमाणिकरण नियन्त्रक राजनराज पन्तले सूचना प्रविधिको आम पहुँचसँगै सुरक्षाका जोखिमहरु समेत बढ्दै गएकोले त्यसतर्फ सचेत रहन सरकारी निकायहरुलाई आग्रह गरे।
प्रकाशित: १९ जेष्ठ २०६९ १२:५९ शुक्रबार





