१ पुस २०८२ मंगलबार
image/svg+xml
प्रविधि

फोटोसहित मतदाता विवरण अब वेबसाइटमा

काठमाडौँ, वैशाख २८- निर्वाचन आयोगले सर्वसाधारणका लागि फोटोसहितको नामावली हेर्न वेबसाइट व्यवस्था गरेको छ। आयोगद्वारा आज जारी विज्ञप्तिमा जनसमुदायको व्यापक मागसमेतलाई ध्यानमा राखी आयोगको वेबसाइट www.election.gov.np मा सो नामावली हेर्न सक्ने व्यवस्था मिलाएको जनाइएको छ।  

व्यक्तिको फोटोसहितको विस्तृत विवरण हेर्नका लागि सम्बन्धित व्यक्तिको जन्ममिति वा नागरिकता नम्बरमध्ये कुनै एक विवरण उल्लेख गर्नुपर्ने र सो तथ्य मिलेमा नामावली देखिने व्यवस्था गरिएको छ।

जन्ममिति र नागरिकता नम्बर दुवैबाट पनि विवरण नखुलेमा जुन जिल्लामा मतदान गर्ने गरी नाम दर्ता गरिएको हो सो जिल्लाको जिल्ला निर्वाचन कार्यलयमा सम्पर्क गरी नाम र विवरण हेर्न सकिने आयोगले जनाएको छ।

प्रकाशित नामावली विवरण ठीक भएमा ठीक छ भन्ने कोष्ठमा क्लिक गर्नुपर्ने र प्रकाशित विवरण नमिलेको पाइएमा ठीक छैन भन्ने कोष्ठमा क्लिक गर्नुपर्ने पनि आयोगले उल्लेख गरेको छ।

त्यसपछि विवरण नमिलेको वा त्रुटी भएको बेहोरामा के के हुनुपर्ने हो सो विवरण दिइएको वेब फाराम गर्नुपर्ने भन्दै विज्ञप्तिमा वेब फारामबाट सङ्कलित सच्याउनुपर्ने विवरण सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पुग्ने व्यवस्था गरिएको र वेब फाराममा विवरण भरी पठाउँदा इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्ने जनाइएको छ।

त्रुटि सच्याउनका लागि वेब फाराम भरी पठाउने मतदाताको विवरणका बारेमा जिल्ला निर्वाचन कार्यालयले बुझ्नुपर्ने प्रमाण बुझी सच्याउनुपर्ने भए सच्याइ अद्यावधि गरी अन्तिम नामावलीमा समावेस गर्ने ववस्था गरिएको विज्ञप्तिमा जनाइएको छ। रासस

प्रकाशित: २८ वैशाख २०६९ ०८:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App