२९ मंसिर २०८२ सोमबार
image/svg+xml
प्रविधि

एनसेलको डाटा कनेक्ट एक रुपैयाँमै

काठमाडौं, भदौ २० (नागरिक) - निजी क्षेत्रको पहिलो जिएसएम मोबाइल कम्पनी एनसेलले १ हजार मेगाबिट (एमबी) डाटा लिँदा जेडटिईको डिभाइस एक रुपैयाँमै दिने स्किम ल्याएको छ।  

बुधबारदेखि आउँदो सोमबारसम्म ७ सय ९९ रुपैयाँमा १ हजार एमबी डाटा प्याकेज लिँदा जेडटिईको एमएफ १९० डाटा डिभाइस दिने भएको छ। अहिलेसम्म १ हजार ९ सय ९९ रुपैयाँमा बिक्री हुँदै आएको यो डिभाइसबाट उच्चगतिको थ्रीजी इन्टरनेट चलाउन सकिन्छ।

१ हजार एमबी डाटाको शुल्क ६ सय ९९ र त्यसमा प्रयोग हुने सिमकार्डको ९९ रुपैयाँ तिर्नुपर्छ। एनसेलले १ हजार ९ सय ९९ रुपैयाँको डिभाइसलाई एक रुपैयाँमात्र लिएर ७ सय ९९ मा प्याकेजसहितको डिभाइस दिने जनाएको छ।

एनसेलको थ्रीजी डाटाकार्डबाट ३.६ एमबीको स्पिडमा इन्टरनेट चलाउन सकिन्छ। 'हामीले उपभोक्ताको चाहनाअनुसार सस्तो र उपयुक्त स्किम ल्याउने क्रममा यस्तो योजना ल्याएका हौं,' एनसेलका चिफ कमर्सियल म्यानेजर अब्दुजाबरले भने। एनसेलले ५ सय, १ हजार र ५ हजार एमबीको डाटा प्याकेज ग्राहकहरुको लागि दिइरहेको छ।

प्रकाशित: १९ भाद्र २०६८ २२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App