२ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

स्टिभ जब्सको राजीनामा सँगै एप्पलको शेयर ५ प्रतिशतले घट्यो

सन फ्रान्सिस्को, भदौ ८ (एएफपी)- एप्पलका सहसंस्थापक स्टिभ जब्सले प्रमुख कार्यकारी अधिकृत (सीइओ) को पदबाट बुधबार राजीनामा दिएका छन्।

  क्यान्सरसित संघर्ष गरिरहेका जब्सको यस्तो कदमको अपेक्षा धेरै पहिलेदेखि नै गरिँदै थियो।

एप्पलले लिखित वक्तव्य जारी गर्दै उनको स्थान टिम कूकले लिने जनाएका छन्। जब्सले बोर्ड अध्यक्षका रुपमा कार्यभार सम्हाल्न जारी राख्ने वक्तव्यमा जनाइएको छ।

एप्पल, म्याकिन्टोस कम्प्युटर, आइफोन र आइप्याडको निर्माता कम्पनी हो। मार्केट क्यापिटलाइजेसनको हिसाबमा यो संसार कै दोस्रो महँगो कम्पनी हो।

जब्सको राजीनामा सार्वजनिक भए लगत्तै एप्पलको शेयर मूल्य ५.३ प्रतिशतले घटेको छ।  ३७६.१८ डलरबाट सुरु भएको बजार बन्द हुँदासम्म ३५६.१० डलरमा घटेको थियो। एप्पलको मुटु र आत्माका रुपमा जब्सलाई लिने गरिन्छ।

 

यस्तो छ राजीनामा (भावानुवाद)

एप्पल बोर्ड अफ डाइरेक्टर्स र एप्पल समुदाय,

मैले सँधै भन्दै आएको थिएँ,  मैले यदि एप्पलको प्रमुख कार्यकारी अधिकृतको रुपमा आफ्ना कर्तव्य र अपेक्षाहरु पूरा गर्न नसक्ने दिन आयो भने त्यसबारे तपाइँहरुलाई पहिलो जानकारी दिने म नै पहिलो व्यक्ति हुनेछु । दुर्भाग्य नै भन्नु पर्छ, त्यो दिन आयो।

म एप्पलको प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिन्छु । यदि बोर्डले मलाई योग्य ठानेको खण्डमा म एप्पल बोर्डको अध्यक्ष, निर्देशक र एप्पल कर्मचारीको रुपमा सेवा गर्न चाहन्छु ।

प्रमुख कार्यकारीका रुपमा मेरा उत्तराधिकारको लागि हाम्रो योजना अनुसार टिम कुकलाई नियुक्त गर्न म  आग्रह गर्छु।

मलाई विश्वास छ अगाडि एप्पलका उज्याला र शानदार दिनहरु आउँदैछन्। नयाँ भूमिकामा रहेर म एप्पलको सफलतालाई अनुगमन गर्न र सहयोग गर्न तयार छु।

मैले जीवनका सबैभन्दा असल केही साथी एप्पलमै बनाएको छु । यति धेरै वर्ष सँगै काम गर्न पाएकोमा तपाईंहरु सबैलाई म धन्यवाद दिन चाहन्छु।


स्टिभ

 

प्रकाशित: ७ भाद्र २०६८ २३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App