२ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

के के छुट गर्‍यो एनटिसीले ?

काठमाडौं, माघ २१-नेपाल दूरसञ्चार कम्पनीले सातौँ वार्षिकोत्सवका अवसरमा आफ्ना विभिन्न सेवामा छुटको घोषणा गरेको छ। एनटिसीले आज घोषणा गरेअनुसार फागुन १ गतेदेखि लागु हुनेगरी आधारभूत टेलिफोन पिएसटिएन सेवाको नयाँ जडान धरौटीमा हालको रकम तीनहजार घटाई रु एक हजार ५०० कायम गरेको छ।

सो सेवाको नयाँ जडान खर्च ९०० लाई करबाहेक ३२० कायम गरेको छ।

मोबाइलमा एमएमएस सेवा करबाहेक डेढ रुपैँया, भिडियो कल रु २ र एक्सेस कोडमार्फत दिइने सेवामा पनि देश अनुसार विभिन्न छुटको व्यवस्था गरेको छ।


जिएसएम र सिडिएमए मोबाइल सेवामा राति १० बजेदेखि बिहान ६ बजेसम्म कायम भइआएको महसुल दर ७५ पैसालाई फागुन १ गतेदेखि ५५ पैसा कार्यम गरिएको छ।


यही माघ २२ देखि २४ सम्म लागुहुने गरी जिएसएम सेवाको रु १०० र रु २०० का रिचार्ज कार्डमा क्रमशः रु १० र २० तथा सिडिएमएक सेवाको २०४ दरको रिचार्ज कार्डमा रु २० बराबर छुट दिइने सातौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो।

एडिएएसएल सेवामा हालको शुल्क कायम गरी क्षमता विस्तार गरेको दूरसञ्चार कम्पनीले जनाएको छ। रासस

प्रकाशित: २२ माघ २०६७ ०४:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App