नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि अहिले मतदान भइहेको छ।
काठमाडौंको भृकुटीमण्डपमा जारी मतदानमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रबन्ध गरेको विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेको हो। मतदान बिहान ९:३० बजे सुरु भएको हो। अहिले ३ बजेसम्म ६२५ जनाले मतदान गरेका छन्।
महाधिवेशन निर्वाचन कार्यालयका अनुसार साढे ५ घण्टामा ६२५ वटा मत खसेको हो।
एमालेको १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६४२ उम्मेदवार प्रतिस्पर्धामा छन्। दुई हजार २६३ प्रतिनिधि रहेका छन्।
प्रकाशित: २ पुस २०८२ १५:०६ बुधबार





