३० पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

नाङ्गो तस्बिरका वेवमा बढी भाइरस

लन्डन - इन्टरनेटका पुराना फाइलहरु उडाने काम नाङ्गा तस्बिर र भिडियोहरु रहेका अश्‍लिल वेवसाइट (पोर्नो)बाट हुने गरेको थाहा भएको छ। सान डिएगोमा कम्प्युटर साइन्स रिसर्चरहरुले गरेको एक अध्ययनले इन्टरनेट ब्राउजर हिस्ट्री उडाउने काम पोर्नो साइटमा रहेको भाइरसबाट हुने गरेको देखिएको हो।

बढी चलनमा रहेका ५० हजार वेवसाइटमा गरिएको अध्ययनले ४ सय ८५ भाइरसयुक्त साइटले ब्राउजर हिस्ट्री उडाउने गरेको देखाएको हो। यी मध्ये ६३ पोर्नो साइटले ब्राउजरबाट कपी गर्छ भने ४६ ले त्यो उडाएर नै लैजाने गरेको पाइयो। युपोर्न भन्ने वेवसाइट यस्ता काममा सबैभन्दा अगाडि देखिएको छ।
पोर्नोमात्र होइन, स्पोर्टस्, न्युज, मुभी र फाइनान्ससम्वन्धि वेवसाइटमा पनि डाटा चोर्ने भाइरस राखिएको पाइएको छ।
यस्ता भाइरसहरु बाराम्बार खोलिने वेवसाइटमा एक्सिस लिएर पस्ने तथा पूराना साइटको सूचि नै गायव बनाउने खालका हुन्छन्।
कहिलेकाही हामीले माउस एकातिर लगिरहेको अवस्थामा त्यो अन्यत्रै पुगेको देख्‍न सक्छौं। त्यो भाइरसकै कारण हो।
अध्ययनले क्रोम र सफारी जस्ता नयाँ वेव ब्राउजरहरु भने यस्तो भाइरसबाट अहिलेसम्मका लागि बचेका छन्।

प्रकाशित: १९ मंसिर २०६७ ०५:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App