२ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

ट्विटरले पक्रायो चोर

लन्डन  - प्रहरीले १० वर्षिया एलेक्स विल्सनलाई नेटवर्किङ साइटको सहयोगमा चोर पक्रन सघाएवापत विशेष सम्मान गरेको छ। डार्लिङटनका यी बालकले नेटवर्किङ साइट ट्विटरमा भागिरहेको चोरको फोटो पोस्ट गरेका थिए।
एलेक्स आफ्नो बुबा ड्यालनसँग कारमा थिए जतिखेर एउटा चोर साइकलमा भागिरहेको थियो। उनले आफूसँग रहेको फोनबाट त्यो चोरको फोटो खिचे र पोस्ट गरे।
उनैले पोस्ट गरेको फोटोलाई आधारमा मानेर प्रहरीले क्रयिग रोयललाई प्रहरीले समात्यो।

तर एलेक्सले जुन काम गरे त्यो प्रहरीलाई सघाउनेमात्र थिएन। त्यसैले प्रहरीले त्यस्ता फोटोहरु तत्काल फेसबुक या ट्विटरजस्ता समाजिक संजालमा सार्वजनिक नगर्न सुझाएको छ। एलेक्सले यार्म रोडमा भागिरहेको चोरको फोटो खिचेर प्रहरी कार्यालय पुग्नु अगाडि नै ट्विटरमा पोस्ट गरेका थिए।

प्रहरीले उनीहरुले खिचेको तस्बिर पहिचान गर्न समय लागाएन्। चोरी गरेर भागेका रोयल २४ वर्षीय युवा हुन्।

'मैले फोटो खिचेँ र बुबाको ट्विटरमा अपलोड गरिहाँले,' एलेक्सले भने, 'एकजना मानिस मोबाइलमा गीत सुनिरहेका थिए त्यो चोरले फोन खोस्यो र भाग्यो।'
उनले महँगो पर्ने फोन चोरेको सहनु ठिक मानेनन्। र तत्कालै बाबुको फोन सेट लिएर तस्बिर लिए।

प्रकाशित: ७ मंसिर २०६७ ०७:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App