२ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

तयार भयो एन्टी आइफोन

लन्डन - धेरै फिचर भएका मोबाइल सेटबाट दिक्दार हुनु भएको छ भने तपाँईका लागि उपयुक्त मोबाइल तयार भएको छ। यो मोबाइलबाट कुरा गर्न मिल्छ। यसमा एमपीथ्री छैन, यतिसम्म कि टेक्स म्यासेज पनि लेख्‍न मिल्दैन। दी सनका अनुसार जोन्स फोन नामको यो मोबाइलले फेसबुक चेक गर्न सक्दैन न त ट्विटर फलो नै गर्छ। यसमा केही छ भने तीन सातासम्म टिक्ने ब्याट्री र एक पेजको चलाउने तारिकाको मेनुअल।

वास्तवमै यसमा केही छैन। फोटमा एड्रेस बुक छैन डायरी र कलमसँग टासेर राखिएका छन् सेटमा।

आइफोनभन्दा सानो यो सेट १० दशमलब ५ सेन्टिमिटर लामो छ। यसलाई एन्टी आइफोन भनिएको छ। डच विज्ञापन एजेन्सी जोन डोयले निर्माण गरेको यो मोबाइल आधुनिक प्रविधि र धेरै फिचरले वाक्क भएका मोबाइल प्रयोगकर्ता लक्षित हो।


५९ पाउन्ड देखि ६७ पाउन्ससम्म पर्ने यो फोन गुलावी र हरियो रङमा उपलव्ध छ। यसमा आधुनिक केही समावेश छ भने त्यो १० वटा अंकको डायल नम्बरमात्र।
'धेरै विशेषता भएका फोनभन्दा फरक ग्याजेटका रुपमा यसलाई तयार पारेका हौं,' डेड्रिक वोकलाई उदृत गर्दै सनले लेखेको छ।

प्रकाशित: ३० कार्तिक २०६७ ०६:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App