३ माघ २०८२ शनिबार
image/svg+xml
प्रविधि

भदौ ३० देखि फेसबुक च्याट बन्द

काठमाडौँ, भदौ १० (नागरिक)- तपाईँले आफ्नो ब्राउजर अपडेट गर्नुभएको छैन भने अब २० दिनपछि तपाईँले फेसबुकमा साथीहरुसँग च्याट गर्नसक्नुहुने छैन। लोकप्रिय सामाजिक सञ्जालको साइट फेसबुकले आफ्नो च्याट सुविधालाई राम्रो बनाउने क्रममा इन्टरनेट एक्सप्लोरर ६ मा सेवा बन्द गर्न लागेको हो।

  फेसबुक कम्पनीले बुधबार आफ्नो ब्लगमा लेखेको छ- नयाँ सुधारपछि कुरा गर्दागर्दै बीचैमा च्याट व्यवधान आउने समस्या अब रहने छैन। कनेक्सन गर्ने र सन्देश पठाउने विधिमा पनि सुधार आउने छ।

फेसबुकले च्याट सुविधा बन्द गर्न लागेको इन्टरनेट एक्सप्लोरर ६ विश्वको दोस्रो सबैभन्दा बढी प्रयोग गरिने ब्राउजर हो। नेट एप्लिकेसन्सको जुलाई महिनासम्मको एउटा तथ्याङ्क अनुसार विश्वका १७ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले इन्टरनेट एक्सप्लोरर ६ प्रयोग गर्छन्।

फेसबुकले आफ्ना सदस्यहरुलाई ब्राउजर अपडेट गरी च्याट सुविधा कायम राख्‍न सुझाएको छ।

फेसबुकमा च्याटको सुविधा दुई वर्षअघिदेखि सुरु गरिएको थियो। फेसबुकको बढ्दो लोकप्रियतासँगै यसमा समस्या आउन थालेको कम्पनीको जिकिर छ। फेसबुक प्रयोगकर्ताहरुको संख्या ५० करोड पुगिसकेको छ।

प्रकाशित: १० भाद्र २०६७ ०१:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App