१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रविधि

चौथौं अन्तर्राष्ट्रिय स्मार्ट कम्युटिङ सम्मेलन सम्पन्न

काठमाडौं– आधुनिक प्रविधिसम्बन्धी जानकारी दिने उद्देश्यले राजधानीमा नवौं राष्ट्रिय सूचना–प्रविधि एवम् चौथौ अन्तर्राष्ट्रिय स्मार्ट कम्युटिङ सम्मेलन आयोजना भएको छ। 

कलेज अफ इन्फरमेशन टेक्नोलोजीको आयोजनामा गरिएको उक्त सम्मेलनको एक कार्यक्रमकाबीच नेपाल ईन्जिनियरिङ परिषदका अध्यक्ष ई. डिल्लीरमण निरौलाले उद्धघाट्न गरेका हुन्। 

सम्मेलनमा चीन, भारत, थाइल्यान्ड र जापानका युवा विद्यार्थी तथा शोधकर्ताहरुको सहभागिता रहेको एनसिआईटी कलेजका निर्देशक बिजुली प्रसाद राणाले जानकारी दिए। सम्मेलनमा ३९ वटा कार्यपत्र प्रस्तुत गरिएको राणाले बताए। 
एनसिआईटी कलेजका प्रिन्सिपल निरञ्जन खकुरेलले संसारलाई स्मार्ट प्रविधिमैत्री बनाउन भएका अभ्यासहरुका बारेमा सम्मेलनमा छलफल गरिएको बताए। कार्यक्रममा अन्तराष्ट्रिय सूचना तथा प्रविधि विज्ञहरुकोसमेत सहभागिता रहेको उनले जनाए। 

सम्मेलनमा भारतको नयाँ दिल्लीस्थित् साउथ एसियन युनिभर्सिटीका एसोसिएट प्रोफेसर डा. मोहम्मद एबुल्लाहले सूचना तथा प्रविधिसम्बन्धी आफ्नो प्रिजेन्टेशन दिएका थिए। 

देश तथा विदेशबाट ६० भन्दा बढि ‘पेपर’ प्राप्त भएको र यसमध्थे उत्कृष्ट ३९ वटा कार्यपत्र प्रस्तुत भएको थियो। मोबाइल कम्युटिङ, स्मार्ट कम्युटिङ, क्लाउड कम्प्युटिङ, ग्रिन कम्प्युटिङ, बिग डाटा, अप्टिकल कम्युनिकेशन्स एण्ड नेटवर्किङ, नेटवर्क म्यानेजमेन्ट एण्ड सर्भिस, इन्डस्ट्रियल रोबोटिक्स, आइीसटी फर डिजास्टर म्यानेजमेन्ट लगायतका विषयमा विभिन्न शोधकर्ताले रिसर्चपेपर प्रस्तुत गरेका थिए। 

आइटी विद्यार्थी, सरोकारवाला र सुचना तथा प्रविधिमा अनुशन्धानरत व्यत्तिहरुको लागि यो महत्वपूर्ण प्लाटफर्म भएको एनसिआइटीका प्रिन्सिपल खकुरेलले विश्वास व्यक्त गरे। उनले भने, ‘यो सम्मेलनले मुलुकको सूचना तथा प्रविधिका क्षेत्रमा  फलदायी भएको छ। यसले प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘डिजिटल नेपाल’, ‘ई–गभर्मेन्स’ र पेपरलेस प्रणालीको सपना साकार पार्न टेवा पुर्याएको छ।’ 

प्रकाशित: १७ पुस २०७५ १६:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App