७ वैशाख २०८१ शुक्रबार
प्रविधि

टेलिकमको एप्सबाट प्याकेज गिफ्ट गर्न सकिने

काठमाडौं– नेपाल टेलिकमले आफ्नो मोबाइल एप्स ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रुपमा प्रस्तुत गरेको छ। नयाँ एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएल लगायतका सेवाहरुको वारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।

यो एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरिद गरेको भए सो बारे जानकारी लिन सकिने सुविधा रहेको छ। पछिल्लो अवस्थामा विभिन्न प्रकारका प्याकेज खरिद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेष गरी त्यस्ता प्याकेज खरिद गर्नका लागि यो एपबाट सहज हुने टेलिकमले जनाएको छ।

त्यसैगरी एफएनएफ सर्भिसबाट नेपाल टेलिकमका आफूले चाहेका ५ वटा नम्बरमा सस्तो दरमा कल गर्नका लागि सेवा सुचारु गर्न सकिने छ। विभिन्न सेवाको लागि आवश्यक रकम रिचार्ज गर्न र जीएसएम प्रिपेडबाट ब्यालेन्स ट्रान्सफर गर्नसमेत यसबाट सकिने जनाइएको छ। पिन कोड राखेर वा रिचार्ज कार्ड स्क्यान ९स्क्यान एन्ड्रोइडमा मात्र हुने) गरेर पनि यसबाट रिचार्ज गर्न सकिन्छ । यो एपमार्फत आफ्नो मोबाइलबाट नेपाल टेलिकमको कुनै अर्को मोबाइलमा विभिन्न प्याकेजहरु गिफ्ट दिन पनि सकिन्छ।

साथै रिचार्ज कार्डबाट कम्पनीका विभिन्न सेवाको बिल भुक्तानी पनि यही एपमार्फत गर्न सकिन्छ । यस एप्सबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बरहरु डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका वारेमा सोधपुछ गर्न पनि सकिने छ।

 

प्रकाशित: २७ जेष्ठ २०७५ १०:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App