निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेपछि रुष्ट बनेको शेरबहादुर देउवा पक्ष आयोगको निर्णय अस्वीकार गर्दै सर्वोच्च अदालत जाने भएका छन्।
शनिबार बसेको देउवा पक्षीय केन्द्रीय सदस्यहरूको बैठकले आयोगको निर्णय अस्वीकार गर्दै यस्तो निर्णय गरेको थियो।
बैठकले आयोगको यो निर्णय ‘अवैधानिक’, ‘एकतर्फी’ र ‘दुषित मनसाय’ बाट प्रेरित भएको बताएको थियो।
प्रकाशित: ४ माघ २०८२ ०९:३९ आइतबार





