रिमोट सेन्सिङ लामो दुरीबाट पृथ्वीबारे तथ्याङ्क सङ्कलन गर्न प्रयोग गर्ने सेन्सर प्रक्रिया हो। रिमोट सेन्सिङ परावर्तित र उत्सर्जित विकिरण मापन गरेर विभिन्न क्षेत्रका भौतिक विशेषताहरू पत्ता लगाउने र अनुगमन गर्ने प्रक्रिया हो। सामान्यतया उपग्रह वा विमानबाट यी सेन्सर क्यामेराजस्तै प्रयोग गरिएका हुन्छन्। यिनीहरूले विद्युतीय चुम्बकीय संयन्त्रका अन्य भागहरू पत्ता लगाउन सक्छन्। रिमोट सेन्सिङ शब्द पहिलो पटक संयुक्त राज्य अमेरिकामा सन् १९५० को दशकमा युस अफिसमा नावल रिसर्चकी एवलिन परुइटद्वारा प्रयोग गरिएको थियो।
भारतको राष्ट्रिय रिमोट सेन्सिङ एजेन्सी (एनआरएसए) ले यसलाई यसरी परिभाषित गरेको छ– रिमोट सेन्सिङ भनेको पृथ्वीको सतहमा रहेका वस्तुहरूसँग शारीरिक रूपमा सम्पर्कमा नआएर जानकारी प्राप्त गर्ने प्रविधि हो। जस्तै, इन्फ्रारेड, रडार, पराबैगनी प्रकाश, दृश्यात्मक प्रकाशका अतिरिक्त यी सेन्सरहरूले पृथ्वीले प्रतिबिम्बित गर्ने र उत्सर्जन गर्ने विकिरण मापन गर्छन्, विशेष क्यामेराहरूले सिर्जना गरिएका तस्बिरहरू खिच्छन्।
रिमोट सेन्सिङ भनेको टाढाबाट जानकारी प्राप्त गर्नु हो। नासाले पृथ्वी र अन्य ग्रहनिकायलाई उपग्रह र विमानमा रिमोट सेन्सरमार्फत अवलोकन गरेको छ। यसले प्रतिबिम्बित वा उत्सर्जित ऊर्जा पत्ता लगाउँछ र रेकर्ड गर्छ। रिमोट सेन्सिङ तथ्याङ्क विद्युतीय चुम्बकीय विकिरणमा आधारित हुन्छ। यो वस्तुहरूद्वारा प्रतिबिम्बित वा उत्सर्जित हुन्छ।
विशेष क्यामेराले टाढाको संवेदन भएका छविहरू सङ्कलन गर्छन्, जसले शोधकर्ताहरूलाई पृथ्वीबारे कुराहरू बुझ्न मद्दत गर्छ। सेन्सर रुचिको वस्तुबाट दुरी, छवि अधिग्रहणको आवधिकता, छवि अधिग्रहणको समय, स्थान र कभरेजको सीमामा त्यहाँ रिमोट सेन्सिङ प्लेटफर्मका तीनवटा व्यापक प्रविधि हुन्छन्।
केन्टुके विश्वविद्यालयका प्राध्यापक डा. तिलकबहादुर श्रेष्ठका अनुसार यो प्रविधिले एक स्रोतबाट विद्युत् चुम्बकीय विकिरणको शोषण गरेर काम गर्छ। जसले पृथ्वीको सतहमा लक्ष्यहरूसँग एक अद्वितीय फेसनमा अन्तरक्रिया गर्छ। यसलाई विज्ञान र प्रविधिका रूपमा परिभाषित गरिएको छ। इलेक्ट्रो–चुम्बकीय विकिरण जुन कुनै वस्तुबाट प्रतिबिम्बित वा उत्सर्जित हुन्छ, त्यो रिमोट सेन्सिङ डेटाको सामान्य स्रोत हो।
रिमोट सेन्सिङ प्रविधि कृषि, जलस्रोत, स्वास्थ्य, हावाको गुणस्तर, स्रोत व्यवस्थापन, निर्णय र विपद् मूल्याङ्कनजस्ता क्षेत्रमा उपयोग गर्न सकिन्छ। अनुसन्धानकर्ताहरूले वन र अन्य क्षेत्रको अनुगमन गर्न र समयसँगैका परिवर्तन खिच्न रिमोट सेन्सिङ प्रयोग गरेका थिए। शोधकर्ताहरूले सन् १९७५ र २०१२ मा ब्राजिलको रोन्डोनियाको तुलना गर्न ल्यान्डस्याटमा ७० हजार वर्ग किलोमिटरका छविहरू प्रयोग गरेर पत्ता लगाएका थिए।
विगत र आगत
रिमोट सेन्सिङको इतिहास फोटोग्राफीबाट सुरु भएको थियो। यसको उत्पत्ति दोस्रो विश्वयुद्धमा भएको भन्न सकिन्छ। रडार, सोनार र थर्मल इन्फ्रारेड पत्ता लगाउने प्रणालीको विकासका साथ सन् १९६० को दशकदेखि सेन्सरहरू लगभग सबै विद्युतीय, चुम्बकीय स्पेक्ट्रममा सञ्चालन गर्नका लागि डिजाइन गरिएको थियो।

पिसारोथ राम पिसारोटी एक भारतीय भौतिकशास्त्री र मौसमविद् थिए। यिनलाई भारतमा रिमोट सेन्सिङका पिता मानिन्छ। उनी सन् १९६२ मा भारतीय मौसम विज्ञान संस्थानअन्तर्गत निर्देशक भएर यो क्षेत्रमा धेरै राम्रा काम गरेका थिए।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले यसको उपयोग कृषिका विभिन्न क्षेत्रमा गरिसकेको छ। टेलिभिजन नियन्त्रण गर्ने उद्देश्यले पहिलो रिमोट सन् १९५० मा जेनिथ रेडियो कर्पोरेसनद्वारा विकसित गरिएको थियो। नासाद्वारा १९६० को दशकमा उडाइएको प्रारम्भिक मल्टिस्पेक्ट्रल सेन्सरहरूको प्रयोगपश्चात् यस्ता रिमोट सेन्सिङ उपग्रहहरूको जन्म भएको हो। यसमा हाइपरस्पेक्ट्रल उपग्रहहरू जस्तै हाइपरियन, प्रिज्मा, हाइसी र अन्य संयुक्त राज्य अमेरिका, इटाली र भारतद्वारा आएका थिए।
एक्काइसौं शताब्दीको विश्व भूगोलमा यसले अतुलनीय द्रुत प्रगति गरेको छ। यसको महŒव भूविज्ञान, कृषि, पानीको गुणस्तर, वानिकी, सहरी, जैविक विविधता आदि क्षेत्रमा हाइपरस्पेक्ट्रलले राष्ट्रका लागि मुटुको काम गर्ने छ। यस प्रविधिले वातावरणीय प्रक्रियाहरूका मुद्दा विश्लेषण र अध्ययनमा नयाँ आयाम थपेको छ। यस प्रविधिमा डा. प्रेमचन्द्र पाण्डे, डा. प्रशान्त के. श्रीवास्तव, प्रोफेसर हेइको बाल्ज्टर, डा. विमल भट्टाचार्य र डा. जर्ज पी पेट्रोपोलोसद्वारा सम्पादित ‘हाइपरस्पेक्ट्रल रिमोट सेन्सिङ थ्योरी एन्ड एप्लिकेसन्स’को सामग्रीले प्रमाणित गरिसकेका छन्।
अध्ययनमा धेरै विधि, प्रविधि र अनुप्रयोगहरूको उत्कृष्ट सङ्कलन गरेका छन् भने यसमा सैद्धान्तिक पृष्ठभूमि, हाइपरस्पेक्ट्रल तथ्याङ्क विश्लेषण, एल्गोरिदम विकासका अनुप्रयोगहरू समेटेका छन्। चीनले अन्तरिक्षमा रिमोट सेन्सिङ स्याटेलाइट राखेर लङ मार्च–२ डी क्यारियर रकेट प्रक्षेपण गरेको थियो। रकेट सिचुआनको दक्षिणपश्चिमी प्रान्तको जिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट ७ः४५ एएम (बेइजिङ समय) मा विस्फोट भएको थियो।
रिमोट सेन्सिङ र जिआइएस प्रविधिले भूमि प्रयोगमा परिवर्तन र माटो विशेषताहरूको अनुगमनको ठुलो मात्रामा विश्लेषण गर्न सकिँदोरहेछ। तर परम्परागत माटो नमुनाकरणले आवश्यक अस्थायी र स्थानीय तथ्याङ्क प्रदान गर्न सक्दो रहेनछ। यसको पहिलो घटना सोभियत संघद्वारा १९५७ अक्टोबर ४ मा पहिलो कृत्रिम उपग्रह ‘स्पुतनिक १’ को प्रक्षेपण गरिएको थियो। ‘स्पुतनिक १’ ले रेडियो सङ्केतहरू फिर्ता पठायो, जसलाई वैज्ञानिकहरूले आयनोस्फेयरको अध्ययन गर्न प्रयोग गरेका थिए।
रोजर एफ टोमलिन्सन, जसले पहिलो पटक भौगोलिक सूचना प्रणाली शब्दको आविष्कार गरेका थिए। उनले सन् १९६० को दशकमा क्यानडा सरकारका लागि काम गर्दा पहिलो कम्प्युटरीकृत भौगोलिक सूचना प्रणाली सिर्जना गरेर भौगोलिक डाटाबेसलाई क्यानडाका नगरपालिकाहरूले भूमि योजनाका लागि प्रयोग गरेका छन्। लेजी बोन्स भनिने रिमोटलाई तारद्वारा टेलिभिजनसँग जोडिएको थियो। एक वायरलेस रिमोट कन्ट्रोल, फ्ल्यास–म्याटिक सन् १९५५ मा युजेन पोले पिसारोथद्वारा विकसित गरिएको थियो।
उपयोगिता
रिमोट सेन्सिङका माध्यमबाट प्रदान गरिएको तथ्याङ्कले मानवलाई असर गर्ने आवश्यक विश्वव्यापी मामिलाहरूमा मद्दत गर्न सक्छ। जस्तै ग्लोबल वार्मिङ, जलवायु परिवर्तन, वन र कृषि, मौसम विज्ञान, विनाशकारी घटना, अन्तरिक्ष, समुद्री जीवन र विज्ञान विषयमा यसमार्फत प्रामाणिक अनुमान गर्न सकिन्छ। यसका साथै कृषि, भूमि प्रयोगको म्यापिङ र अनुगमन, विपद् व्यवस्थापन, जलवायु अनुगमन, सहरी योजना, मौसम पूर्वानुमान, वन म्यापिङ, जल व्यवस्थापन, खानी लगायतका विभिन्न क्षेत्रमा रिमोट सेन्सिङ व्यापक रूपमा प्रयोग गर्न सकिन्छ। यसका विधिहरूले पारिस्थितिक प्रणालीको अवस्था र गतिशीलताबारे जानकारी प्राप्त गर्न सकिन्छ। साथै वनस्पति, जलस्रोत, माटो र वातावरणका अन्य तत्त्वहरूमा भएका परिवर्तनहरू पहिचान गर्न सकिन्छ। यसको जैविक विविधिताको मूल्याङ्कन गर्न र वातावरणीय खतराहरू पत्ता लगाउन पनि यसको महत्त्व छ। यसको उपयोग नेपालमा पनि आवश्यक छ।
रिमोट सेन्सिङको प्रयोग गरेर भूकम्प, ज्वालामुखी, भूस्खलन, बाढी, पहिरो तथा ध्रुवीय क्षेत्रमा हिउँ पग्लिनेजस्ता प्राकृतिक प्रकोपहरूबाट हुने क्षतिको अनुसन्धान गर्न सकिन्छ। यो रिमोट सेन्सिङ प्रविधिको महत्त्वपूर्ण पाटो हो। वर्षाको समयमा प्राकृतिक प्रकोप आगमनको पूर्वानुमान गर्न पनि यो प्रविधि उत्तम छ। यो प्रविधिले कृषि क्षेत्रमा बाली वर्गीकरण, बाली अनुगमन र उत्पादन मूल्याङ्कनमा महत्त्वपूर्ण भूमिका खेल्छ।
कृषि उत्पादन प्रणालीको अनुगमनले बालीहरूको जैविक जीवनचक्रको सम्बन्धमा बलियो मौसमी परिर्वतनको आँकलन गर्न सकिन्छ। केशव टी मगरले नेपालमा धान बालीको स्याटेलाइट रिमोट सेन्सिङबारे केही समीक्षा गर्नुभएको छ, जसमा स्याटेलाइट तथ्याङ्कमा आधारित रिमोट सेन्सिङ प्रविधिले धान बालीका विभिन्न मापदण्डहरू जस्तै फसल क्षेत्र, बाली–कभरेज, वृद्धिको चरण, उत्पादन, उपज अनुमान र वैज्ञानिक अनुसन्धानमा उपयोगी अन्य तथ्याङ्कहरूको अध्ययन गर्न उपयोगी छ।

कृषिमा हावाको तापक्रम र आर्द्रता, माटोको आर्द्रता, माटोको पिएच, प्रकाश तीव्रता र कार्बन डाइअक्साइडजस्ता कृषि सेन्सरहरू प्रायः नर्सरी, वृद्धि र फसलजस्ता बाली वृद्धिका सबै पक्षहरूमा डाटा सङ्कलन गर्न यसको उपयोगिता पाइन्छ। यस प्रविधिले पृथ्वीको सतहबारे बहुमूल्य जानकारी प्रदान गरेर वैज्ञानिक ज्ञानमा योगदान पुर्याउँछ। जिआइएस र रिमोट सेन्सिङले पूर्वाधारको सुरक्षामा अन्तर्दृष्टि प्रदान गर्छ। जसले इन्जिनियरहरूलाई प्राकृतिक र मानव–उत्पन्न खतराहरू पहिचान गर्न र पत्ता लगाउन मद्दत गर्छ। यस्ता दृश्य जानकारीले व्यावसायिकहरूलाई पूर्वाधारमा देखिने परिवर्तनहरू हेर्न र संरचनात्मक जोखिमहरू कम गर्न मद्दत गर्न सक्छ।
रणनीति
रिमोट सेन्सिङ प्रविधिहरू कृषिलगायत धेरै विषयमा तथ्याङ्क सङ्कलन र विश्लेषण गर्नु वर्तमान नेपालको पनि आवश्यकता हो। मुख्यतया उपग्रह, विमान र अन्य प्लेटफर्महरू प्रयोग गरेर सरकारी र निजी एजेन्सीहरूले तथ्याङ्क संकलन गरेका छन्। ती सरकारी तथा निजी एजेन्सीहरूसँग सवन्वय गरी नेपालका लागि के सम्बन्धी तथ्याङ्क संकलन गर्ने भन्ने रणनीतिको विकास गर्न सकेको खण्डमा नेपालले धेरै नै लाभ लिन सक्छ। यो प्रविधि अधिक सुलभ र किफायती हुँदै गइरहेको छ। यो रिमोट सेन्सिङ प्रविधिको प्रयोग कसरी गर्ने भन्नेबारे गहन छलफल गर्नु आवश्यकता छ।
विश्वव्यापी कार्बन चक्र, जीवविज्ञान र इकोसिस्टमको जैव रसायन, विश्वव्यापी पानी र ऊर्जा चक्रका पक्ष, जलवायु परिवर्तनशीलता र भविष्यवाणी, वायुमण्डलीय रसायन, ठोस पृथ्वीका विशेषता, जनसङ्ख्या अनुमान र भूमि प्रयोग परिवर्तनको अनुगमन र प्राकृतिक खतरालाई चयनित रिमोट सेन्सिङ वनस्पति सूचकाङ्कबाट पत्ता लागेको छ (जेन्सेन २००६)।
रिमोट सेन्स गरिएका डाटा धेरै सरकारी तथा निजी क्षेत्रमा प्राप्त गर्न सकिन्छ। सरकार र तथ्याङ्क संकलक सरकारी संस्थासँग अनुदानस्वरूप तथ्याङ्क लिएर विश्लेषण गर्न सके धेरै हदसम्म कृषि, वातावरण र प्राकृतिक प्रकोपबारे व्यवस्थापन गर्न सकिन्छ। यस विज्ञानका केही सीमा छन्। यसलाई पनि गहन अध्ययन र विश्लेषण गरेर साझा रणनीति बनाउनुपर्छ।
रिमोट सेन्सिङ प्रविधिले आधुनिक समाजमा बढ्दो सान्दर्भिकताका साथ खतरनाक वा दुर्गम क्षेत्रबाट तथ्याङ्क सङ्कलन गर्न सम्भव बनाएको छ। स्याटेलाइट रिमोट सेन्सिङमा आधारित अनुसन्धानहरू भए तापनि कृषि अध्ययनमा यस्तो उपकरण नेपालमा विरलै प्रयोग भएको पाइन्छ।
वर्तमान अवस्थामा नेपालले आफ्नो राष्ट्रिय आर्थिक र खाद्य सुरक्षाको महत्त्वका लागि विशेष गरी कृषि योजना, वातावरण, प्राकृतिक प्रकोप तथा विकासको सुधारका लागि रिमोट सेन्सिङ प्रविधिबाट लाभ उठाउन सकेको खण्डमा भविष्यमा आउने विपत्लाई व्यवस्थापन गर्न सकिन्छ। अब यसको उपयोग विद्यालय, कार्यालयलगायत ठाउँमा समावेश गन सक्नुपर्छ।
प्रकाशित: ३१ जेष्ठ २०८२ ०६:०७ शनिबार