६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

मोबाइलमा थप सुविधा

काठमाडौं, जेठ २३ (नागरिक) - लाइभ सेलले मोबाइल टेलिफोनका ग्राहकलाई थप सुविधा दिन सुरु गरेको छ।
मोबाइल टेलिफोनलाई परम्परागत कुराकानी गर्ने साधनको रुपमा मात्र नभै लाइभ सेलले खेल खेल्न, हाजिरी जवाफ, समाचार, जोक्सहरु, बैंक व्यालेन्स र कारोवारको जानकारी, रिङ्गटोन समेत उपलव्ध गराउन सुरु गरेको छ। यसको लागि मोबाइल टेलिफोनका ग्राहकले ५२२५ मा एसएमएस पठाएर आफूलाई मन लागेको सेवा लिन सक्नेछन्।

लाइभ सेलले 'फुर्सद छैन' नाम दिएर ल्याएको यो सेवाले मोबाइल टेलिफोनका ग्राहकलाई एउटा औंलाले किप्याडमा थिचेको भरमा संसार तत्कालका घटनाहरुका बारेमा समेत जानकारी दिनेछ।

प्रकाशित: २२ जेष्ठ २०६७ २३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App