सन् २०१० को अन्तिमसम्म एप्पलले सिडिएमए आइफोन अमेरिकी बजारमा ल्याउने तया भैरहेको छ। एएण्डटी र भेजोनका ग्राहकको लागि लक्षित गरेर आइफोनले सिडिएमए भर्सन निर्माण गर्न लागेको हो। अमेरिकाका साथै अहिले कोरिया, जापानमा पनि सिडिएमए फोन निकै लोकप्रिय भएको छ। प्रभावका नेटवर्कले गर्दा सिडिएमए लोकप्रिय बनेपछि एप्पलले जिएसएमसँगै सिडिएमए पनि बनाउन सुरु गरेको हो।
अमेरिकामा मोबाइल फोन सञ्चालक कम्पनी स्प्रिन्ट नेक्सटेलले पनि सिडिएमए प्रविधिमा फोन सञ्चालन गरिरहेको छ।
एप्पलले आउँदो वर्षबाट जिएसएम प्रविधिमै नयाँ आइफोन ल्याउने तया पनि गरिरहेको छ। हरेक वर्ष नयाँ सेट ल्याउने क्रममा अहिलेको आइफोनभन्दा पातलो र छिटो चल्ने प्रोसेसर भएको आइफोन ल्याउने तया एप्पलको छ।
एप्पलले नयाँ आइफोन बनाउने जिम्मा ताइबानी होनहाई कम्पनीलाई दिएको छ। यसले यसअघि एप्पलको आइफोन उत्पादन गरिसकेको छ। सिडिएमए प्रविधिको आइफोन बनाउन भने पेगाट्रोन टेक्नोलोजीले अधिकार पाएको छ। पेगाट्रोनले सेप्टेम्बरदेखि ठूलो मात्रामा सिडिएमए आइफोन उत्पादन सुरु गर्दैछ।
प्रकाशित: २० चैत्र २०६६ ०४:०२ शुक्रबार





