१६ चैत्र २०८० शुक्रबार
प्रविधि

आफ्ना सन्तानको तस्बीर फेसबुकमा शेयर गर्दै हुनुहुन्छ? सावधान जेल जानुपर्ला !


भियना–एक आमा बुवालाई आफ्नी छोरीको बच्चाको फोटो फेसबुकमा पोष्ट गर्दा निकै महंगो सावित भएको छ। अष्ट्रेलियाकी एक १८ वर्षीया किशोरीले आफ्नो बच्चाको फोटो आमा बुवाले फेसबुकमा पोष्ट गरेको भन्दै मुद्दा दर्ता गराएकी छन्।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार बुवा आमाले आफ्नो बच्चा  उमेरको धेरै फोटो फेसबुकमा पोष्ट गरेको भन्दै उनले मुद्दा दर्ता गराएकी हुन्। ‘जब म ११ वर्षकी थिएँ त्यो बेलादेखि मेरो बच्चाको फोटो पोष्ट नगर्न आग्रह गर्दै आएकी थिएँ,’ उनले भनिन्,‘ आफ्नो बच्चाको फोटो फेसबुकमा पोष्ट गर्दा मेरा साथीले मलाई मजाकको पात्र बनाउँछन्।

तर मेरा बुवा आमालाई शरम के चिज हो भन्ने थाहा नै छैन। प्राइवेसी भनेको के हो ?’ १८ वर्षकी यी किशोरी अष्ट्रेलियाको दक्षिण कारिंथियामा बस्दै आएकी छन्। संचारमाध्यमले किशोरीका आमा बुवाको नाम सार्वजनिक गरेका छैनन्। आमा बुवाले आफू ट्वाइलेट बस्दै गरेको फोटोसमेत फेसबुकमा पोष्ट गरेको भन्दै किशोरीले आपत्ति जनाइकी छन्।

‘कुनै फोटोमा म ट्वाइलेट बसिरहेकी छु, कुनैमा म विना कपडा छु त कुनैमा रोइरहेकी छु,’ उनले भनिन्,‘मेरा बच्चाको सबै फोटो फेसबुकमा राख्नुको पछाडि के कारण ?’ उनले अहिलेसम्म आफ्नो बच्चा उमेरका ५ सय भन्दा बढी फोटो फेसबुकमा पोष्ट गरेको बताइन्।  ती फोटो करिव ७सयले जनाले शेयर गरेको उनको भनाइ छ। 

उनले आमा बुवासँग बारम्बार फोटो हटाउन आग्रह गरेपनि नमानेको बताइन्।
‘मलाई यो कुराले धेरै नरामाइलो लागेर केही सीप नचलेपछि अदालत आएकी हुँ,’उनले भनिन्। उता किशोरीका बुवाले भने आफूले आफूले नै खिचेको भएर ती फोटो फेसबुकमा पोष्ट गरेको बताएका छन्। आफ्नी छोरी भएकै कारण ती फोटो फेसबुकमा पोष्ट गरेको उनको भनाइ छ।
 

 

प्रकाशित: ४ आश्विन २०७३ ०९:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App