२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

१० वर्षे ह्याकरलाई फेसबुकले दियाे सात लाख पुरस्कार

हेल्सिन्की– दश वर्षे बालकलाई इमेज सेयरिङ सोसल नेटवर्किङ वेबसाइट इन्स्टाग्रामले १० हजार अमेरिकी डलर पुरस्कार दिएको छ। फिनल्याण्डका दश वर्षे ती बालकको नाम जोन हो।उनले इन्स्टाग्राममा एउटा बगमार्फत् अर्को प्रयोगकर्ताको टिप्पणी मेटाउने काम गरेका थिए। ७ वर्षको उमेरदेखि इन्स्टाग्राम चलाउन थालेको उनी तीन वर्ष इन्स्टाग्राम चलाएपछि यस्तो काम गर्न सफल भएका हुन्।

इन्स्टाग्रामको सञ्चालक कम्पनी फेसबुकले यो समस्या देखिन साथ जोनलाई १० लाख रुपैयाँ पुरस्कार दिएर समस्या समाधान गरेको छ। यो सँगै जोन सबैभन्दा कम उमेरमा बग बाउन्टी पुरस्कार जित्ने ह्याकर बनेका छन्।

इन्स्टाग्राममा उनले अरुको टिप्पणी मेटाउन सफल भएको थाहा पाउनासाथ फेसबुकले एउटा इमेल पठाएको थियो। फेसबुकका इन्जिनियरहरुले जोनका लागि एउटा टेस्ट अकाउन्ट बनाएर उनको क्षमताको परीक्षण गरेका थिए। त्यसमा १० वर्षे बालक खरो उत्रिए। फेसबुकका इन्जिनियरहरु उनको काम देखेर छक्क परे।

हेल्सिन्कीमा बसोबास गर्ने उनले फेसबुकबाट पाएको पैसाले दाजुका लागि मोटरसाइकल, फुटबलका सामग्री तथा नयाँ कम्प्युटर किन्ने योजना बनाएका छन्। फेसबुकले २०११ देखि अहिलेसम्म कम्पनीको बग बाउन्टी विजेताका लागि ४३ लाख डलर बुझाएको छ।

प्रकाशित: २३ वैशाख २०७३ ००:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App