२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

आइफोन ह्याक भयो

न्युयोर्क-गएको डिसेम्बर महिनामा क्यालिफोर्निया राज्यको सन बर्नियो सहरमा अन्धाधुन्द गोली हानी १४ जनाको हत्या गर्ने आतंकवादीको आइफोन ह्याक गर्न प्रहरी सफल भएको छ । यसलगत्तै प्रहरीले एप्पल कम्पनीमाथि आतंकवादी क्रियाकलापका सन्दर्भमा आइफोन ह्याक गरी महत्वपूर्ण सूचना पाउनुपर्ने अधिकार रहेको भन्दै अदालतमा मुद्दा हालेको थियो । यो सफलतासँगै प्रहरीले मुद्दा फिर्ता लिएको जनाइएको छ ।आतंककारी सइद फारुखको आइफोन खुलाउन संघीय अनुसन्धान ब्युरो (एफबिआई)ले तेस्रो कुनै कम्पनीको सहयोग लिएको थियो । आइफोन खुलाउने प्रयास गर्दा तेस्रो प्रयास पनि सफल नभए आइफोनमा भएका सम्पूर्ण सूचना स्वतः मेटिने गर्दछ । सूचना मेटिनबाट जोगाउन ह्याकरहरूको सहयोग लिइएको एफबिआईले जनाएको छ । २०१५ को डिसेम्बर २ मा फारुख र पत्नी तसफिन मलिक मिली सन बर्नियो सहरमा अन्धाधुन्द गोली हानेका थिए । घटनामा १४ को निधन भएको थियो ।

प्रकाशित: १७ चैत्र २०७२ ०६:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App