२४ श्रावण २०८३ आइतबार
image/svg+xml

'ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको योगदान महत्वपूर्ण'

उपराष्ट्रपति यादवले नेपालका परिवर्तनकारी ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्वपूर्ण योगदान र बलिदान रहेको बताएका छन्।

न्याम्समा चार महिनादेखि पदाधिकारीविहीन हुँदा वीरमा उपकरण खरिदमा समस्या

अस्पतालका अनुसार दुई साताअघि न्याम्सको उपकुलपतिको रूपमा अस्पतालकै रेडियोलोजिस्ट डा. विवेककुमार आचार्य नियुक्त भएका छन्।

ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको आयात लगातार वृद्धि भइरहेकाले अनावश्यक सिलिण्डर सञ्चय ‘होल्ड’ नगर्न उपभोक्तामा आग्रह गरेको छ।

आर्थिक चलखेलले बिरामीको स्वास्थ्यमाथि खेलबाड: मोटो रकम लिएर घटना सामसुम पारिँदै

अस्पतालले कमजोरी गरेर बिरामी मारेको भन्दै आफन्त र स्थानीयले विरोध गरे। विरोधपछि अस्पतालले मृतकका आफन्तलाई २२ लाख रुपैयाँ दिएर घटनालाई सामसुम पारे।

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

कार्यालय प्रमुख लोकेन्द्रबहादुर सिंहले कार्यालयले गत आर्थिक वर्षका लागि रु ९० लाख ९५ हजार राजस्व सङ्कलनको लक्ष्य पाएकामा लक्ष्यभन्दा १६ दशमलव ७६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको बताए।

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

जीवनको सबैभन्दा ऊर्जाशील समय अर्काकै भान्छामा बिताएका विशुले समय कसरी बित्यो, पत्तै पाएनन् । उमेर ढल्कँदै गएपछि कोही आफन्तको सहयोगमा ५१ वर्ष हुँदा उनी जन्मथलो फर्किए।

कर्णाली करिडोरमा चट्टान खसेर गयो पहिरो

कर्णाली करिडोरमा चट्टान खसेर पहिरो गएको छ । नेपाली सेनाले निर्माण गरिरहेको कालीकोटको पलाँता घाटापारी चिरापरेर बसेको ठाउँ भन्दा अल्ली अगाडि आइतबार नेपाली सेनाको निर्माण कार्यदलले ब्लाष्टिङ गरेपछि पहिरो गएको हो ।

पोखरामा ग्यास सकसः ‘सहज हुँदा बेच्ने, अभावमा लुक्ने’

सहज अवस्थामा विभिन्न १९ वटा कम्पनिले पोखरामा ग्यास बिक्री गर्दै आएको भएपनि दुईवटा स्थानीय बाहेक अरु कम्पनिले यो बेला पोखराका लागि पर्याप्त आपूर्ति नदिँदा पोखराको अभावलाई हटाउन नसकेको कास्की प्रशासनको भनाई छ।

तोडफोडपछि पलाँता अस्पतालको सेवा बन्द, काममा नफर्कने डाक्टरको अडान

सेवा बन्द भएसँगै अस्पतालमा मेडिकल अफिसर डा. अली हैदर राईन काममा नफर्कने भएका छन् ।

२०४८ सालमा गिरिजाले गरेको आँटबाट सिक्न बालेनलाई गगनको सुझाव

२०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकारले सार्वजनिक संस्थान सुधारका लागि जोखिम उठाएको स्मरण गरे।

प्रेम र आत्मसम्मानको मीठो सङ्गम: ‘मुसाफिर क्याफे’

साहित्य र दृश्य माध्यमको सम्बन्ध सधैँ विशिष्ट र परिपूरक रहँदै आएको छ। लोकप्रिय लेखक दिव्य प्रकाश दुबेद्वारा लिखित चर्चित उपन्यास ‘मुसाफिर क्याफे’लाई निर्देशक रुचिर अरुणले ओटीटी पर्दामा उतारेका छन्।

सामान्य सुधारलाई सरकारले ‘चमत्कार’ मान्यो: सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकारले सार्वजनिक संस्थाको वास्तविक समस्या समाधान गर्नुको सट्टा सामान्य सुधारलाई ‘चमत्कार’ को रूपमा प्रस्तुत गरिरहेको बताएका छन्।

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र पारिएको छ।

डिम्ब तस्करीबारे डा. नूतन शर्माले दिइन् इन्कारी बयान

१७ वर्षीया किशोरीको डिम्ब निकालिएको आरोपमा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नूतन शर्माले इन्कारी बयान दिएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्