पोखराको वायु गुणस्तर खतरनाक तहमा
पर्यटकीय सहर पोखरा पछिल्लो समय वायु प्रदूषणले ग्रसित भएको छ। फाट्टफुट्ट पानी परेपनि सहरभित्रको प्रदूूषण कम भएको छैन। पोखराको वायु गुणस्तर सूचकांक खतरनाक तहमा पुगेको वातावरण विभागले बताएको छ।
पर्यटकीय सहर पोखरा पछिल्लो समय वायु प्रदूषणले ग्रसित भएको छ। फाट्टफुट्ट पानी परेपनि सहरभित्रको प्रदूूषण कम भएको छैन। पोखराको वायु गुणस्तर सूचकांक खतरनाक तहमा पुगेको वातावरण विभागले बताएको छ।
वायु प्रदूषणका कारण मानव स्वास्थ्य र अर्थतन्त्रलाई बहुआयामिक प्रभाव पर्ने गरेको छ। जलवायु परिवर्तनजस्तै मानव अस्तित्वका लागि वायु प्रदूषण एक प्रमुख चुनौती बनेकोे छ। यही सेरोफेरोमा गत बुधबार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मानव स्वास्थ्यका लागि प्रतिकूल मानिने वायुमण्डलमा रहेका अति सूक्ष्म कण मापनसम्बन्धी मापदण्डलाई संशोधन गरेको छ।