२६ पुस २०८१ शुक्रबार
image/svg+xml

सूर्यदर्शन सहकारी ठगी प्रकरण : रविसहित प्रतिवादीको बहस सकियो, जवाफी बहस जारी

उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ। रविसहित १९ जनालाई संगठित अपराध, ४ जनालाई सम्पत्ति शुद्धीकरण र २ जनालाई क्रिप्टोको कसुरमा मुद्दा छ।

मुकुल भन्छन्- रवि दाइले मैले भनेको सुनेको भए स्थिति फरक हुन्थ्यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निष्कासित महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेले आफूले भनेको मानेको भए आज स्थिति फरक हुने दाबी गरेका छन्।

रविको पक्षबाट बहस गरेका वकिलहरूको दाबी: सहकारीसँग रविको कुनै सम्बन्ध छैन

सोमबार कास्की जिल्ला अदालतमा लामिछानेको तर्फबाट ३ कानून व्यवसायीले बहस गरेको जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले जानकारी दिए।

कास्की अदालतमा आज रवि लामिछानेको पक्षबाट थुनछेक बहस हुँदै

गत मंगलबारदेखि सुरु भएको थुनछेक बहसमा आज रवि लामिछानेको पक्षका कानून व्यवसायीहरूले बहस गर्दै छन्।

सभापति लामिछानेको मुद्दामाथि छलफल गर्न रास्वपाले आवश्यक नै ठानेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक पार्टी सभापति रवि लामिछानेको मुद्दाबारे छलफल नै नगरी सकिएको छ।

रविको फेरिएको बयान: चेकको हस्ताक्षरकर्ता थिएँ, लगानीकर्ता वा वित्तीय जिम्मेवार थिइनँ

पोखराको सूर्य दर्शन सहकारी छानबिनका क्रममा किस्ता तिर्न काटिएको चेकमा आफूले हस्ताक्षर नगरेको बयान दिएका रवि लामिछानेले काठमाडौँको स्वर्णलक्ष्मीको बयानमा भने फरक भाषा प्रयोग गरेको पाइएको छ ।

प्रहरीको निष्कर्ष: स्वर्णलक्ष्मी सहकारीबाट रविले पाँच करोड रकम अपचलन

जिल्ला प्रहरी परिसर, काठमाडौँले गरेको अनुसन्धानमा रविले पाँच करोड आठ लाख ६९ हजार ६३३ रुपैयाँ ५ पैसा अपचलन गरेको पुष्टि भएको देखाएको छ ।

स्वर्णलक्ष्मी सहकारी प्रकरण: रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा पनि मुद्दा दर्ता

काठमाडौंस्थित कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अनियमितता भएको प्रकरणमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

सूर्यदर्शन सहकारी ठगी : प्रतिवादी तर्फका कानुन व्यवसायीको बहस जारी

कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा चलिरहेको छ।

रवि बिनाको रास्वपा केन्द्रीय समिति बैठक(तस्बिरहरू)

यो बैठकमा समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ, स्थानीय तह उपनिर्वाचनको समीक्षा, सङ्गठन समीक्षा र सङ्गठन रणनीति, सहकारीसम्बन्धी अध्यादेश २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल,संविधान परिमार्जन लगायतका विषयमा छलफल भइरहेको रास्वपाले जनाएको छ ।

रवि लामिछानेसहित प्रतिवादीहरूको थुनचेक बहस जारी

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनचेक बहस जिल्ला अदालत कास्कीमा जारी रहेको छ।

सूर्यदर्शन सहकारी प्रकरण : आजदेखि जाहेरवालाको बहस हुँदै

सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलनसम्बन्धी कसुरमा आजदेखि जाहेरवाला तर्फका अधिवक्ताहरूको बहस सुरु हुँदै छ।

रविको प्रतिरक्षामा १८ जना वकिल, अन्यका कति ? नामसहित

प्रतिवादीहरूको तर्फबाट बहस गर्ने वकिलहरूको भने संख्या धेरै छ। त्यसमध्ये रविको पक्षबाट प्रतिरक्षा बहस गर्नेको संख्या सबैभन्दा बढी १८ जनाले बहस गर्दै छन्।

रास्वपा भित्र उठ्यो मुकुलको कारबाही फिर्ताको माग: होला त ‘कोर्ष करेक्सन’ ?

‘मैले भन्दै आएको विषय अदालतमा पुग्यो । अब अदालतले रवि जीलाई निर्दोष भन्दिए म गलत हुन्छु । म माफी माग्छु । यदि अदालतले उहाँलाई दोषी भन्यो भने उहाँहरू गलत साबित हुनुहुन्छ । स्वतः म पार्टीमा फर्किने वातावरण बन्छ,’ मुकुलले भने ।

सूर्यदर्शन सहकारी ठगीः बिहीबारदेखि जाहेरवालाको तर्फबाट बहस हुने

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा दोस्रो दिनको थुनछेक बहस सकिएको हो। योसँगै सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिएको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्