१४ वर्षदेखि कन्काइ पुल अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सलाई २ अर्ब जरिवाना
हुलाकी राजमार्गअन्तर्गत झापाको कन्काइ नदीमा निर्माणाधीन पुल १४ वर्षसम्म अलपत्र पार्ने पप्पु महादेव खिम्ती संयुक्त उपक्रम (जेभी) सँग सरकारले झन्डै दुई अर्ब रुपैयाँ असुलउपर गर्ने भएको छ।

