हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा सोमबार व्रतालुहरूको भिड लागेको छ।
हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा व्रत बसेर शिवको पूजा गरे सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ। अविवाहित महिलाले राम्रो पति पाउने तथा विवाहित महिलाले परिवार र श्रीमानको दीर्घायुको कामनासहित व्रत बसेर शिवको पूजा गर्ने चलन छ।
यस वर्ष भोटेकोशी बाढीबाट ठुलो मानवीय तथा भौतिक क्षति भएकाले पशुपतिनाथलगायत शिवालयमा आउने भक्तजन गत वर्षको तुलनामा निकै कम भएका छन्। नाचगानलगायत गतिविधि पनि यस वर्ष घटेको छ।
















प्रकाशित: २९ भाद्र २०८३ १४:१९ सोमबार





