२५ आश्विन २०८३ आइतबार
image/svg+xml

रूस-युक्रेनबिच ‘ऊर्जा यु`द्धविराम’ भएको ट्रम्पको घोषणा

रूसले सन् २०२२ को फेब्रुअरीमा पूर्णस्तरको आक्रमण सुरु गरेपछि युक्रेनमा सैनिक शासन लागू छ। युक्रेनी संविधानअनुसार सैनिक शासन कायम रहँदासम्म चुनाव गराउन पाइँदैन।

बागमतीका मुख्यमन्त्री भन्छन्- प्रदेशलाई योग र समृद्धिको नमुना बनाउँछौं

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउने घोषणा गरेका छन्।

सुरेन्द्रको डेब्यु गीत ‘तिमी हामी भक्तपुर जाँदा’ सार्वजनिक

भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक सौन्दर्यलाई प्रेमकथाको पृष्ठभूमि बनाएर तयार पारिएको नयाँ म्युजिक भिडियो ‘तिमी हामी भक्तपुर जाँदा’ सार्वजनिक भएको छ।

दिल्लीबाट उडेको विमानमा अचानक पावर बैंक प`ड्किएपछि...

भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार पावर बैंक र अतिरिक्त लिथियम ब्याट्री हाते सामानमा मात्र राख्न पाइन्छ।

बुढीगण्डकी बाढीबारे प्रधानमन्त्रीको ब्रफिङ : ५ जना बेपत्ता, ४३७ जना सुरक्षाकर्मी परिचालन

प्रधानमन्त्री बालेन शाहले गोरखाको बुढीगण्डकी नदीमा आएको भीषण बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि ४ वटा हेलिकोप्टरसहित ४३७ जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएका छन्।

अल्ट्रा ट्रेल रेसको उपाधि मनकुमार रोका र कल्पना बुढालाई

पोखराका पाँच कोट कास्कीकोटसहित सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काहुँकोटलाई साहसिक खेलकुदको गन्तव्य बनाउँदै पोखराको समग्र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

युक्रेनमा नयाँ राष्ट्रपति चुन्न ट्रम्पको सुझाव, जेलेन्स्कीले दिए यस्तो जवाफ

ट्रम्पले शनिबार युक्रेनमा नयाँ राष्ट्रपति चुन्ने समय आएको बताएका थिए। जेलेन्स्कीले युद्ध अन्त्य गर्न पर्याप्त प्रयास नगरेको र अमेरिकामा डिजेलको मूल्य बढ्नुमा पनि उनको भूमिका रहेको ट्रम्पको आरोप थियो।

बूढीगण्डकी करिडोरमा बाढीबाट प्रभावित विद्युत् सेवा पुनः सञ्चालन हुँदै

आरुघाट बजारसहित आरुघाट गाउँपालिकाको डाँडागाउँ ब्रान्च र आरुपोखरी ब्रान्चमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ।

बुढीगण्डकी बाढी: चार जलविद्युत् आयोजनामा ठूलो क्षति, केही क्षेत्रमा बल्न थाल्यो बिजुली

बुढीगण्डकी र यसको सहायक स्यार खोलामा आएको भीषण बाढीले गोरखा र धादिङका चार जलविद्युत् आयोजनासहित समग्र विद्युत् वितरण प्रणालीमा व्यापक क्षति पुर्‍याएको छ। क्षतिका बाबजुद प्रभावित केही क्षेत्रमा भने विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ।

‘कोप–३१ नेपाल कोप बन्नुपर्छ’

अन्तर्राष्ट्रिय जलवायु प्रतिबद्धता र जलवायु संकटको अग्रपङ्क्तिमा रहेका देशले वास्तवमा प्राप्त गरिरहेको सहयोगबीच ठूलो खाडल रहेको उनीहरूको तर्क छ।

यी हुन् बुढीगण्डकी बाढीमा बेपत्ता ५ जना (नामसहित)

गोरखाको चुमनुव्रीमा पहिरोले बुढीगण्डकी नदी थुनिएपछि आएको लेदोसहितको बाढीमा परी ५ जना बेपत्ता भएका छन्। बाढी प्रभावित क्षेत्रबाट हालसम्म ४८ जनाको सकुशल उद्धार गरिएको छ।

लागूऔषध सहित देशैभरबाट १४ जना पक्राउ, कहाँबाट को समातिए ?

मोरङ, विराटनगर महानगरपालिका-१८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५२ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

२४ घण्टामा ६ जिल्लामा सवारी दुर्घटना हुँदा ६ जनाको मृ’त्यु

झापा, कनकाई नगरपालिका-१ दुर्गापुरस्थित सडकमा प्र.१-०१-००१ ख ४८०० नम्बरको ट्रकले कोशी प्रदेश ०१-०२० प ९८७ नम्बरको स्कुटरलाई शनिबार साँझ ठक्कर दिँदा स्कुटरमा सवार दमक नगरपालिका-१२ बस्ने ३४ वर्षीया अम्बिका लावतीको मृत्यु भएको छ।

४० वर्षीया महिलामाथि करणी गरेको आरोपमा एक पक्राउ

धादिङमा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ५४ करोड जम्मा

कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रु १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ पुगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्