२२ औं आहा रारा पोखरा गोल्डकप: चर्च ब्वाईजको उत्कृष्ट पुनरागमन जित
उत्कृष्ठ पुनरागमन गर्दै चर्च ब्वाईज क्लब २२ औं आहा रारा पोखरा गोल्डकपको क्र्वाटरफाईनल प्रवेश गर्दा नेपाल पुलिस क्लब भने पहिलो खेलबाटै बिदाई लिएको छ।
उत्कृष्ठ पुनरागमन गर्दै चर्च ब्वाईज क्लब २२ औं आहा रारा पोखरा गोल्डकपको क्र्वाटरफाईनल प्रवेश गर्दा नेपाल पुलिस क्लब भने पहिलो खेलबाटै बिदाई लिएको छ।
पोखराका धेरै पर्यटन व्यवसायीले अहिले पर्यटन क्षेत्रमा लगानी गरिरहेका छन। ती सबै व्यवसायी पोखरा अन्तर्राष्ट्रिय यो विमानस्थलप्रति निकै नै आशावादी छन। व्यवसायीले लगानी बढाउन चाँसो दिनुमा यहाँको अन्तर्राष्ट्रिय विमानस्थल मुख्य कारण बताउँदै आएका छन्। व्यवसायीले अहिलेभन्दा बढी संख्यामा पर्यटक भित्र्याउन विमानस्थलले सघाउने बताएका छन्। कतिपय व्यवसायीले पूर्णरुपमा नयाँ संरचना बनाईरहेका छन् भने केहीले भने लगानीको आकार बढाइरहेका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै नेपाली वायुसेवा कम्पनीहरु उत्साहित भएका छन्।
प्याराग्लाइडिङ उडानको सुरुवात नै झण्डै अढाइदशक अघि सराङकोटबाट भएको हो। त्यसपछि नजिकैको तोरीपानी र मान्द्रेढुंगा क्षेत्रको आकाश पनि प्याराग्लाइडिङका लागि खुला भएका थिए तर अब सराङकोट र तोरीपानीबाट भने उडान गर्न नमिल्ने प्राधिकरणले बताएको छ।
बिहीवार पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै सुखद् शुरुवात गर्दा धरानले १२ वर्षपछि पोखरा रंगशालामा जित निकाल्न सफल भएको हो।
सरकारले पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ।
आन्तरिक पाहुना आकर्षण गर्न पोखरामा बुधबारदेखि पोखरा सडक महोत्सव सुरु भएको छ। महोत्सवको २४ औं संस्करण हो। रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले आयोजना गर्दै आएको यो महोत्सव पुस १७ गतेसम्म लेकसाइड क्षेत्रमा संचालन हुनेछ।
आगामि जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने भएपछि यहाँस्थित सराङकोटको आकाशमा उडान भईरहेको प्याराग्लाइडिङ सधैंका लागि बिस्थापित हुने भएको छ। सराङकोटबाट बिस्थापित भएको प्याराग्लाइडिङ त्यहाँबाट झन्डै ५ किलोमिटर पश्चिमको मान्द्रेढुंगाबाट मात्र उड्न पाउने भएको छ।
पर्यटन व्यवसायीका अनुसार पोखराका ठुला होटलमा बाह्रैमास पाहुना हुन्छन्। विभिन्न गतिविधि, भेला, बैठक, सभासम्मेलनका कारण ती होटलमा प्रायजसो पाहुना अभाव हुँदैन। चल्तीका होटलमा सधैंजसो पाहुना भईरहँदा मझौला र साना आकारका होटल भने रित्तै हुने गरेका थिए। तर, पोखराको सडक महोत्सवले भने केही अवधिका लागि पोखराका सबैखाले होटलमा पाहुना हुने गरेका छन।
पोखरामा मंगलबार ‘नेपथ्य लाईभ कन्सर्ट’ आयोजना हुँदैछ। पोखरा–२५ हेमजामा रहेको मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ सोमबार ‘नेपथ्य लाईभ कन्सर्ट’ गर्न थालिएको हो। पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने कन्सर्ट अपराह्न ४ बजेबाट शुरु हुने सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइयो ।
नेपालका शीर्ष वरियताका व्याडमिन्टन खेलाडी बुधबारदेखि पोखरामा शुरु हुने प्रथम राष्ट्रिय खुला व्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउने छन्। शीर्ष वरियतासँगै नेपालका विभिन्न जिल्लाका झण्डै ३ सय खेलाडीहरुले विभिन्न इभेण्टमा उपाधि प्रतिस्पर्धामा एरिनामा उत्रिने छन्।
कास्की बडिल्डिङ तथा फिटनेश एशोसिएसनले आगामी फागुनको अन्तिम साता ‘एनएफबीएफ दोस्रो मिष्टर पोखरा’ आयोजना गर्ने तयारी गरेको छ। एशोसिएसनले अगामी फागुन २६ र २७ गते लुम्बिनी र गण्डकी प्रदेशस्तरीय दोस्रो मिष्टर पोखरा आयोजना गर्ने निर्णय गरेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो।
अंग्रेजी नयाँवर्षको पहिलो दिन २०२३ जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउँदैछ। विमानस्थल संचालनमा आएसँगै आन्तरिक उडान अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुरु गर्ने तयारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गरिरहेको छ। आन्तरिक बाहेक अन्तर्राष्ट्रिय उडानको तयारीमा पनि आन्तरिक वायुसेवा कम्पनि जुटिसकेको छन। आन्तरिक वायुसेवा कम्पनिको तयारी बाहेक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनिले पनि पोखराको यो विमानस्थलसम्म सिधा उडानका भर्नका लागि चाँसो दिएका छन्।
अंग्रेजी नयाँवर्षको पहिलो दिन २०२३ जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउँदैछ। विमानस्थल संचालनमा आएसँगै आन्तरिक उडान अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुरु गर्ने तयारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गरिरहेको छ। आन्तरिक बाहेक अन्तर्राष्ट्रिय उडानको तयारीमा पनि आन्तरिक वायुसेवा कम्पनि जुटिसकेको छन। आन्तरिक वायुसेवा कम्पनिको तयारी बाहेक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनिले पनि पोखराको यो विमानस्थलसम्म सिधा उडानका भर्नका लागि चाँसो दिएका छन्।
नवौं सँस्करणमा पनि भएको उदघाटन खेलमा सहाराले २–१ गोल अन्तरले धरानलाई पन्छाएको थियो।