महानगर खेलकुद सदस्य सचिवमा खड्का
पोखरा महानगरपालिकाले खेलकुद विकास समितिको सदस्य सचिवमा सुवास खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
पोखरा महानगरपालिकाले खेलकुद विकास समितिको सदस्य सचिवमा सुवास खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
पोखरा महानगरपालिकाले आगामी वर्षदेखि उत्कृष्ट खेलाडीलाई ‘महानगर वर्ष खेलाडी’बाट सम्मान गर्ने छ ।
ढुंगे क्रिकेट मैदानबाट अन्तर्राष्ट्रिय अवार्ड जितेको पोखरा रंगशालास्थित क्रिकेट मैदान डेढदशकमा आईपुग्दा आकार लियो तर रुप भने फेरिएन् । मैदान बन्यो तर केवल आकारमा मात्रै समेटियो । अन्य पूर्वाधार भने ज्यूँका त्यूँ छन् । २०६४ सालमा निर्माण शुरु गरिएको मैदान अन्तर्राष्ट्रियस्तरको आकार लिएर पनि उस्तै दयनीय अवस्थामै छ ।
‘स्थानीय तहका लागि ह्वाइट गोल्ड मानिएको ढुंगा गिटी, बालुवालाई निश्चित मात्रामा उत्खनन गर्नु ठीक हो तर अहिले जथाभावी भइरहेको छ । जथाभावी होइन, सन्तुलन मिलाएर निकाल्नुपर्छ । ५० औं वर्षदेखि नदीखोलामा जम्मा भएको सामग्री केही वर्षमै निकाले निमिट्यान्न पार्ने हो भने यसले दीर्घकालीन असर निम्त्याउँछ : दीपकबावु कँडेल, प्रमुख, पालुङटार नगरपालिका
एक महिनाको अथक प्रयासपछि पोखरा महानगरपालिकाले आफनै कोभिड अस्पताल(युनिट) शुरु गरेको छ । महानगरपालिकाले बुधबारदेखि कोभिड संक्रमित विरामीको उपचार सेवा शुरु गर्ने जनाएको छ ।
कोरोना महामारीको दोश्रो लहरले पोखरा औद्योगिक क्षेत्रभित्र संचालित धेरै उद्योग मारमा परेका छन् । संचालनमा रहेका उद्योगले पनि उत्पादित बस्तु बजारसम्म पुर्याउन सकेका छैनन । बजारमा सामान पठाउन नसक्दा कतिपय उद्योगले उत्पादन नै कटौती गरेका छन् ।
कोरोना भाइरस संक्रमणका कारण निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयमा पुरा नहुने निश्चित भएको छ ।
चालु आर्थिक वर्षको बजेट कार्यन्वयन गर्ने कार्यविधि बन्न सातमहिना लाग्यो । अनि कार्यन्वयनमा आउँदा ठुला र पहुँचवाला व्यवसायीले मात्र लाभ लिन सके । साना र मझौला आकारका व्यवसायीले केही पाएनन । अहिले पनि आश गर्ने ठाउँ छैन ।
आर्थिक वर्ष सकिन डेढमहिना मात्रै बाँकी रहँदा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा पार्केटिङ गर्न र क्रिकेट मैदानको वरिपरी तारजाली लगाउन बजेट उपभोक्ता समितिको खातामा पठाएको छ ।
तीन वर्ष बित्यो, आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिए लगत्तै बजेट विनियोजन गरियो । नेपालगन्जबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि झण्डा पोखरा ल्याईयो । त्यसपछि खेलकुद पूर्वाधार निर्माणको लागि बजेट बनाईयो । पूर्वाधारलाई बनाईएको बजेट अनुसार मन्त्रालयबाट छुट्टाईयो । तर बजेट लगातार फ्रिज हुँदै आएको छ । पूर्वाधारको योजना अघि सारेपनि काम भने ठप्पै छ ।
पोखरा आफैंमा भूकम्पीय जोखिम क्षेत्र हो । त्यसमा पनि ताल किनार अझ बढी प्रभावित क्षेत्र हुन् । ताल किनार क्षेत्रमा ठुला भौतिक पूर्वाधार निर्माण गर्न नहुने ताल अध्ययन समितिको ठम्याई छ ।
राजधानीसहित बुटवल, भैरहवा, दाङ, नेपालगञ्ज लगायतका सहरमा कोरोनाको दोश्रो लहरसँगै बिरामी थपिँदा अस्पतालमा अक्सिजनको चरम अभाव छ । अस्पतालमा शैया र अक्सिजन नपाएर बिरामी हायलकायल छन् । स्थानीय अस्पतालमा उपचार नपाएपछि हेलिकप्टर चार्टर गरेर बिरामी पोखरासम्म आएका छन् ।
लामो समयदेखि रोकिएको पोखरा रंगशाला फुटबल मैदानको प्यारापिटको छानो छाउन थालिएको छ । भारतीय प्राविधिक नआउँदा लामो समयदेखि प्यारापिटको छानो छाउने काम रोकिएको थियो ।
आर्थिक वर्ष सकिनै लाग्दा पोखरा महानगरपालिकाले खेलकुद पूर्वाधार निर्माणमा भने तिब्रता दिएको छ । कोरोनाको दोस्रो लहरले बजार क्षेत्र लपेटिएको अवस्थामा गाउँमा भने काम धमाधम भईरहेको छ ।
राजधानी काठमाडौं सहित वुटबल, भैरहवा, दाङ, नेपालगञ्जका अस्पतालमा कोरोना बिरामीका लागि शैया र अक्सिजन तथा भेन्टिलेटर अभाव छ । अस्पतालमा उपकरण र अक्सिजन अभाव भएका ती ठाउँका बिरामी अहिले उपचार खोज्दै धमाधम पोखरा आउन थालेपछि यहाँका अस्पतालमा चाप बढ्दो छ ।