२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: २६ अर्ब ऋण अनुदानमा परिणत गर्न चीनलाई आग्रह

सार्वजनिक ऋणको भार बढिरहेको अवस्थामा सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा चीनसँग लिएको ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गरेको छ।

बेगनास तालमा सरसफाइ अभियान

पोखरामा कर्मचारी मिलन केन्द्रले सुरु गरेको प्राकृतिक तथा सांस्कृतिक सम्पदा सरसफाइ अभियानको दोस्रो शृङ्खला आज बेगनासतालको सरसफाइ गरेर सम्पन्न भएको छ।

पोखरालाई पहिलो गन्तव्य बनाउन मेयर आचार्यको आग्रह

पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले पोखरालाई पहिलो गन्तव्य बनाउन आग्रह गरेका छन्।

पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको पहल

सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी

सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ ।

भैरहवा र पोखरा विमानस्थल सञ्चालनः सरकारले ०८३ भदौसम्म ग्राउण्ड ह्याण्डलिङ शुल्क र टिकटमा लाग्ने भ्याट नलिने

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि टिकटदेखि इन्धनसम्म सहुलियत दिने भएको छ।

नागरिक उड्डयन क्षेत्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत

यही साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

पोखरा स्कुल बस दुर्घटना: ब्रेक फेल भएको निष्कर्ष, बसको गति कम गर्न सुझाव

पोखरा महानगरपालिकाले गठन गरेको स्कुल बस दुर्घटना अध्ययन समितिले पोखरा–१७ विरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलको ग.१क.६२१९ नम्बरको बस ब्रेक फेल भएका कारण दुर्घटनामा परेको निष्कर्षसहितको प्रतिवेदन बुझाएको हो।

पोखरा उच्च अदालतको मुख्य न्यायाधीशमा डा बागचन्द

न्याय परिषद्ले शुक्रवार बसेको बैठकले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश डा रत्नबहादुर बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय छ।

पचपन्न वर्षदेखि सारङ्गी रेट्दै रामबहादुर

पाँच वर्षको उमेरदेखि बुबा धनबहादुर गन्दर्भको पछि लागेर सारङ्गी रेट्दै हिँडेको सम्झना रामबहादुरका स्मृतिमा अझै ताजै छन्।पोखरा महानगरपालिका–३२ छुचीका रामबहादुर उमेरले ६० वर्ष पुगे ।

‘शिक्षा क्षेत्रलाई व्यवस्थित तथा प्रभावकारी बनाइने’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न समग्र शिक्षण तथा मूल्याङ्कन प्रणालीको पुनःसरचना आवश्यक रहेको बताएकी छिन्।

पोखरा महानगरमा सञ्चालित सार्वजनिक बसको प्रदूषण जाँच

पोखरा महानगरपालिका भित्र सञ्चालित सार्वजनिक यातायातको प्रदूषण जाँच सुरुआत गरिएको छ । यातायात व्यवस्था कार्यालयले शनिबार पोखरा यातायात प्रालि अन्तर्गत सञ्चालित बसहरुको प्रदूषण परीक्षण गरेको हो ।

दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गरेका छन् ।

पोखरामा अन्तर्राष्ट्रिय हट एयर बलुन फेष्टिभल हुने

पोखरामा पुस तेश्रो साता अन्तर्राष्ट्रिय हट एयर बलुन फेष्टिभल हुने भएको छ । बलुन नेपालको आयोजनामा पोखरामा आगामी पुस १४ गतेदेखि १८ गतेसम्म (डिसेम्बर २९–जनवरी २ ) सम्म नेपाल ईन्टरनेसनल बलुन फेष्टिभल हुने भएको हो ।

कृषि ‘एम्बुलेन्स’ले तरकारी ल्याउन थालेपछि उपभोक्ता खुसी

कृषि एम्बुलेन्सले गाउँगाउँबाट लिएर आएका तरकारी बिक्रीका लागि पोखरा महानगरपालिकाले वडा नं. ७ को रत्नचोकमा सोमबारदेखि किसान बजार सञ्चालनमा ल्याएपछि उपभोक्तामा खुसी छाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्