२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

सुरक्षा कूटनीति: काठमाडौं आउँदै भारतीय सेनाध्यक्ष र एसएसबी प्रमुख

भारतीय सशस्त्र सीमा बलका महानिर्देशक अमृतमोहन प्रसाद यही कात्तिक ३० र स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी मंसिर ५ गते काठमाडौं आउने कार्यक्रम तय हुनुलाई दुई देशबीचको सम्बन्ध थप सकारात्मक दिशातर्फ उन्मुख भएको सन्देशका रूपमा लिइएको छ ।

ताप्लेजुङ प्रहरीको नागरिक सुनुवाइमा मञ्जुलको हिरासतदेखि उपभोग्य वस्तुको सहज आपूर्तिसम्म

व्यक्ति बेपत्ता कसुरमा लामो समय थुनामा रहेका मञ्जुल १२ दिनअघि तारेखमा रिहा भएका छन्। उनीमाथि फुङलिङ नगरपालिका–४ निवासी मानसिक अस्वस्थ रहेका वीरेन्द्र फेम्बु लिम्बूलाई परिवारको स्वीकृति बेगर गाडीको टिकट काटी उपत्यकातर्फ पठाएको आरोप छ। भक्तपुरस्थित आफ्नो घर आश्रम नेपालमा वीरेन्द्र सकुशल भेटिएपछि मञ्जुलको हिरासत बसाइलाई मञ्जुल र उनका समर्थकले ‘गैर न्यायिक’ दाबी गर्दै आइरहेका छन् ।

संयोजक अधिकारी बिरामी परेपछि रोकियो धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता

बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा.शिवराज अधिकारी बिरामी परेकाले उम्मेदवारको अन्तर्वार्ता स्थगन गरिएको बताइएको छ।

विराटनगरमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरू

कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठी आइतबार देखि विराटनगरमा सुरू भएको छ। दुई दिन सम्म सञ्चालन हुने गोष्ठीको गृह मन्त्री रवि लामिछानेले उद्घाटन गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्