७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

विश्लेषक रोकाको खेतमा माओवादी कार्यकर्ताको श्रमदान

गाउँ छाडेर सहर जानेको सङ्ख्या वृद्धि भइरहेको बेला गाउँ फर्किएर खेती किसानी गरिरहेका रोकाको सम्मानस्वरुप धान काट्न सहयोग गरिएको नेकपा (माओवादी केन्द्र)का प्रदेश समिति सचिवालय सदस्य होमकाजी आचार्यले बताए।

ठेकेदार कम्पनीको लापरबाहीले अलपत्र परेको लोकतान्त्रिक कुलो आयोजना

ठेकेदार कम्पनीको लापरबाहीले अलपत्र परेको भन्दै तत्काल काम अगाडि बढाउन स्थानीयले माग गरेका छन्।

एउटै विद्यालयमा १२ वटा अक्षयकोष

कक्षा १२ सम्म अध्ययन/अध्यापन हुँदै आएको माविको ६४औँ वार्षिकोत्सवमा ‘किराँत चाम्लिङ राई चन्दाहँछा’ परिवारले रु ५१ हजार राशिको अक्षयकोष स्थापनासँगै उक्त विद्यालयमा अक्षयकोषको सङ्ख्या १२ पुगेको हो।

छन्द कवि रोहिणी रसिकको ‘छन्द उपासना’को लाेकार्पण

खोटाङ सामाजिक सेवा मञ्च, विराटनगरले वरिष्ठ छन्द कवि रोहिणी रसिकको दाेस्राे कवितासंग्रह ‘छन्द उपासना’ को लाेकार्पण गरेको छ।

रिचार्ज पोखरी बनाइएका ‘काङ्साहोल ताल’मा डुङ्गा सयरसँगै माछापालन

रिचार्ज पोखरी बनाउने उद्देश्यले रु आठ लाख लगानीमा निर्माण गरिएको तालमा रमिता हेर्ने र घुमफिर गर्ने आन्तरिक तथा बाह्य पर्यटक आउन थालेपछि काठको डुङ्गा निर्माण गरेर व्यावसायिकरुपमा सञ्चालन गरिएको ताल निर्माण उपभोक्ता समितिका सचिव दीपककुमार तामाङले बताए।

पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई पुरस्कार

हलेसी तुवाचुङ नगरपालिकाले परम्परगत बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पाँच मुरी तथा त्योभन्दा बढी बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ।

कोशी प्रदेशमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति

अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा रु ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको छ।

बाढीपहिरो पीडित आफन्तकहाँ आश्रय लिएर दसैँ मनाउँदै

बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ परिवार आफन्त, छिमेकी, विद्यालय भवनमा तथा सार्वजनिक स्थलमा बसेर दसैँ मनाइरहेका छन्।

विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई

घरमाथिबाट खसेको पहिरोले ढुङ्गामाटोको तीन तले घरसँगै घरमा भएका सबै सामग्री बगाएपछि चार छोराछोरीसहित छ जनाको परिवार पूर्णरुपमा विस्थापित भएको हो।

बाढीले पुल बगाएसँगै १० वर्षअघिकै अवस्थामा पुग्यो खोटाङ

वर्षाले दर्जनौँ सडक, एउटा पक्की र आधा दर्जन झोलुङ्गे पुलहरू बगाएका कारण खोटाङ १० वर्षअघिकै अवस्थामा पुगेको हो।

खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सिधा सम्पर्क विच्छेद

मानवीय क्षति नभए पनि करोडौँ मूल्य बराबरको क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए।

दिप्रुङ चुइचुम्मामा सामाजिक सेवाभाव जगाउन विद्यार्थीलाई ‘झोला उपहार’

यहाँको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका एक युवा विनोद राईले आफ्नो गाउँपालिकाका सबै विद्यार्थीलाई उपहारस्वरूप झोला वितरण अभियान शुरू गरेका छन्।

टोलबस्ती शिविर राखेर सेवाप्रवाह

खोटाङको साकेला गाउँपालिकाले वडावडामा घुम्ती शिविर राखेर नागरिकलाई सेवाप्रवाह गर्दै आएको छ।

ढलान गरिंदै छ हलेसीको प्रवेशद्वार

प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिर प्रवेशद्वार र ढुङ्गे बगैंचा (रक गार्डेन) जाने कच्ची सडक ढलान गर्न थालिएको छ।

साकेलामा जन श्रमदानबाट काठे पुल निर्माण

खोटाङको साकेलाका स्थानीयबासीले जनश्रम जुटाएरै स्थानीय खोलामा काठे पुल निर्माण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्