२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml

आमनिर्वाचन सफल भएकामा पाकिस्तानद्वारा बधाई

नेपालस्थित पाकिस्तानी दूतावासका अनुसार पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले एक सन्देशमार्फत नेपाल सरकार र नेपाली जनताप्रति बधाई ज्ञापन गरेका हुन्।

ललितपुरबाट चितुवाको उद्धार

सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती हाइटको माछापुच्छ्रे स्कूलको स्टोरबाट मंगलबार बिहान एक चितुवाको उद्धार गरेको छ।

अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक राहदानी

चुनाव गराउनका लागि बनेको अन्तरिम सरकारमा अर्थ मन्त्री बनेका खनालले चुनाव सम्पन्न भएलगत्तै राहदानी फिर्ता गरेका हुन्।

हाइटी ड्रोन आक्रमण : १२ सय ४३ जनाको मृत्यु भएको दाबी

हाइटी सरकारले आपराधिक गिरोहविरुद्ध सञ्चालन गरेको ड्रोन आक्रमणमा सर्वसाधारण नागरिकसमेत मारिएको मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले चेतावनी दिएको छ।

संसदमा ज्ञानेन्द्र शाहीसँग कुरा मिल्न सक्छ : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संसद्मा ज्ञानेन्द्र शाहीसँग कुरा मिल्न सक्ने बताएका छन्।

पूर्वउपप्रधानमन्त्रीसहित ४९३ उम्मेदवारको जमानत जफत

काठमाडौं क्षेत्र १ मा एमालेका उम्मेदवार मोहनराज रेग्मीसहित २६, क्षेत्र नं २ मा राममणि फुयाँलसहित २५, क्षेत्र नं ३ मा एमालेका उम्मेदवार रामेश्वर फुयाँलसहित १९, क्षेत्र नं ४ मा २५ जना उम्मेदवारको जमानत जफत भएको हो।

गीत गाउँदा स्टेजमै किन रोइन् सुनिधि ?

७ मार्चमा भारतको लखनउको कूलब्रीज रिसोर्ट्समा आयोजित कन्सर्टमा स्वास्थ्य समस्या हुँदा हुँदै पनि कन्सर्टमा उपस्थित भएकी थिइन्। गीत गाउँदा गाउँदै घाँटीमा समस्या भएर स्वर ननिस्केपछि उनी गीत गाइरहेकै बेला स्टेजमै रोएकी हुन्।

प्रतिनिधि सभाको पहिलो बैठक सिंहदरबारमै बस्ने

सहरी विकास तथा भवन निर्माण विभागले अब बन्ने प्रतिनिधिसभाको पहिलो बैठक बसाउन सिंहदरबार परिसरभित्र निर्माण भइरहेको नयाँ संसद् भवनभित्रै एउटा मुख्य हल तयार हुनै लागेको औपचारिक जानकारी गराएको छ।

खतरनाक तहमा काठमाडौंको वायु प्रदूषण

विश्वका प्रमुख शहरहरूको वायु गुणस्तर प्रत्यक्ष निगरानी गर्ने संस्था आईक्यू एयरका अनुसार बिहान करिब साढे ९ बजे काठमाडौंको एक्यूआई २०६ मापन गरिएको छ।

चुनावमा हारजित हुनु र सामाजिक सत्कर्मबीच कुनै सम्बन्ध हुँदैन : सुनिल शर्मा

मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि शर्माले आफू आबद्ध अस्पतालले यसअघि दिँदै आएको स्वास्थ्य सेवा बन्दको घोषणा गरेका सार्वजनिक भएको थियो। यसमा कुनै सत्यता नरहेको उनले सामाजिक संजालमार्फत प्रष्ट पारेका छन्।

कान्स फिल्म फेस्टिभलमा चलचित्र विकास बोर्ड सहभागी हुने

चलचित्र विकास बोर्डले अगामी कान्स फिल्म फेस्टिभलमा नेपालको तर्फबाट औपचारिक सहभागिता जनाउँदैछ।

बालेन्द्रलाई भुटान र बंगलादेशको पनि बधाई

उनीहरुले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भारी मत ल्याउँदै निर्वाचित भएपछि सामाजिक संजालमार्फत बालेन्द्र र लामिछानेलाई बधाई तथा शुभकामना दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्