१७ श्रावण २०८३ आइतबार
image/svg+xml

गृहमन्त्री गुरुङ र संयुक्त हिन्दु मोर्चाबिच १३ बुँदे सम्झौता (पत्रसहित)

हिन्दु राष्ट्र कायम गर्न तीन महिनाभित्र सर्वदलीय बैठकमार्फत प्रक्रिया अगाडि बढाउने सम्झौता भएको छ। आन्दोलनरत संयुक्त हिन्दु मोर्चाले आजैदेखि आन्दोलन स्थगित गर्ने सम्झौता गरेको छ।

दीपमाला ढकालले जितिन मिस नेपाल २०२६ को ताज

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन्।२३ जना प्रतिस्पर्धीलाई पछि पार्दै ढकालले मिस नेपाल २०२६ को ताज पहिरिएकी हुन्।

स्थानीय तहमा कानुन निर्माण कमजोर, प्रशासकीय अधिकृत सरुवाले समस्या

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले नेपालमा ऐन कार्यान्वयनको मापन, यसको महत्त्व, अभ्यास, चुनौती र आगामी बाटोबारे अभिमुखीकरण कार्यक्रम सम्बन्धी छलफल गरेको छ ।

वीरगञ्जमा हट्यो निषेधाज्ञा, जनजीवन सामान्य बन्दै

पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दाहालका अनुसार साउन १४ गते बिहीबार साँझ ५ः०० देखि बिहान ६ः०० बजेसम्म लागू हुँदै आएको निषेधाज्ञा आजदेखि हटाइएको छ।

निम्सदाइ भन्थे : नेपालमा साहसिक खेलकुद पर्यटन तथा पर्वतीय पर्यटनको अपार सम्भावना छ

पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रोड पिक’ हिमालमा बिहीबार गएको हिमपहिरोमा परेका प्रसिद्ध नेपाली आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि भएको छ।

अनाथ तथा विपन्न बालबालिकाले सांगीतिक प्रतिभा प्रस्तुत

अनाथ तथा विपन्न बालबालिकाको प्रतिभा विकास तथा आत्मनिर्भरता प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार राजधानीमा डिलाइट–२०२६ सातौँ परोपकारी सांगीतिक कार्यक्रम सम्पन्न भएको छ।

पाँच हजार दर्शक अट्ने अस्थायी प्याराफिट निर्माणको काम धमाधम

आगामी भदौ १२ गतेदेखि सुरु हुने चौथो संस्करणको ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ।

सरकार–हिन्दुवादी पक्षको वार्ता जारी: १५ बुँदे मागसहित गृहमन्त्री गुरुङलाई दवाव

सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका हिंसात्मक घटनापछि उत्पन्न तनाव समाधानका लागि जनकपुरधाममा नेपाल सरकार र हिन्दुवादी संस्थाहरूबीच पुनः औपचारिक वार्ता सुरु भएको छ।

सहकारीको पहलले भरतपुरमा फेरि बढ्दै कोदो खेती, रैथाने बाली संरक्षण अभियान प्रभावकारी

‘विगतमा कोदो रोपेर थाकेकी हुँ। मकैभित्र रोपेर पनि पाँच मूरीसम्म फलाइन्थ्यो,’ उनले भनिन्, ‘अहिले त किनेर खानुपर्ने अवस्था आएको छ।’

ब्रोड पिक हिमपहिरो : निर्मल पुर्जासहित १० जनाको निधन, खोजी कार्यबारे गिलगित प्रहरीले के भन्यो ?

उनको आरोहण कम्पनी एलिट एक्सपेड र ‘निम्स दाइ फाउन्डेसन’ ले शनिबार यो दुःखद घटनाको आधिकारिक पुष्टि गरेका छन्।

सुनसरी–सिरहापछि मधेसमा शान्ति पहल

छुट्टाछुट्टै सहमति गरेका गृहमन्त्री सुधन गुरुङले शनिबार मधेस प्रदेशको समग्र शान्ति–सुरक्षा अवस्थाबारे प्रदेश सरकारसँग उच्चस्तरीय छलफल गरेका छन्।

प्राध्यापक उपाध्यायलाई ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’

‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ प्राध्यापक जगतप्रसाद उपाध्यायलाई प्रदान गरिएको छ ।

कप्तानगञ्जमा त्रास हटाउन सुरक्षा रणनीति बनाउने तयारी

सुनसरीको देवानगञ्ज वडा नं. ३ कप्तानगञ्जमा भएको घटनामा दुवै समुदायका बासिन्दामा रहेको त्रास हटाउन सुरक्षा संयन्त्रले रणनीति तयार गरेर अघि बढ्ने जनाएको छ।

गणेश यादवको शव सेनाको हेलिकप्टरबाट घर ल्याइयो, आजै अन्त्येष्टि गरिने

१५ वर्षीय गणेश यादवको शव शनिबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत उनको घर पुर्‍याइएको छ।

सुनसरीमा निषेधाज्ञाको समय भोलि बिहान ९ बजेसम्म थप

जिल्ला प्रशासन कार्यालय सुनसरीले १० वटा स्थानीय तहमा भोलि बिहान ९ बजेसम्म निषेधाज्ञा थप गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्