१६ आश्विन २०८१ बुधबार
image/svg+xml

अग्नि सापकोटाविरुद्धको मुद्दामा अनुसन्धानको सक्कल फाइल झिकाउन आदेश

सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटाविरुद्धको मुद्दामा अहिलेसम्म भएको अनुसन्धान प्रगति विवरणको सक्कल फाइल झिकाउन आदेश दिएको छ।

इन्स्पेक्टरमाथि नै ‘हनी ट्रयाप’ गिरोहसँग मिलेको आरोप, निलम्बन गर्न सिफारिस

ललितपुरको बुङमती (भैंसेपाटी) प्रहरी प्रभागकी इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीविरुद्ध आपराधिक समूहसँग मिलेर ‘हनी ट्रयाप’ कार्यमा संलग्न भएको आरोप लागेको छ ।

जापानमा छक्का पन्जा ५ प्रदर्शन गरिने

बहुप्रतिक्षित नेपाली चलचित्र छक्का पन्जा ५ जापानमा देखाइने भएको छ। जापानका ४५ वटा शहरहरुमा प्रदर्शन हुने यो पहिलो नेपालि चलचित्र हो।

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति: झण्डै ३१ अर्बले चालु खाता बचतमा

चालु आर्थिक वर्षको पहिलो महिनामा चालु खाता ३० अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७ अर्ब ५२ करोड रुपैयाँले बढी हो।

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति: विदेशी मुद्राको सञ्चिति झण्डै २१ खर्ब

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मुलुकको विदेशी मुद्रा सञ्चिति बढेको छ।

मुल्यवृद्धि ४.१० प्रतिशतमा सीमित, काठमाडौंमा भन्दा तराईंमा बढ्यो महंगी

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मुल्यवृद्धि) ४.१० प्रतिशतमा सीमित रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यो अघिल्लो आर्थिक वर्षको पहिलो महिनाको तुलनामा कम हो।

उपनिर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ताको समय

निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ।

तनहुँ जलविद्युत् आयोजनाः निर्माणका क्रममा क्षति भएकालाई क्षतिपूर्ति वितरण गरिने

तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएका घरलाई क्षतिपूर्ति वितरण गरिने भएको छ।

गाउँमा मिल, सहरमा परम्परागत पानी घट्ट

फेरिएको जीवनशैली, सम्पन्नता र आधुनिकतासँग परम्परागत संस्कार एवं मौलिक अभ्यासहरु करिब अलग्गिएका नै हुन्छन्।

‘समृद्ध मधेस’ निर्माणका लागि सरकारले आवश्यक योजना बनाएको छः मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘समृद्ध मधेस’ निर्माण गर्न सङ्घीय सरकारले आवश्यक योजना बनाएर कार्यान्वयनको चरणमा गएको बताएका छन्।

सुरक्षित गर्भपतन सेवा दिवसः मातृ मृत्युदरमा सुधार हुँदै गएको सरकारको दाबी

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले गर्भपतनलाई महिलाको अधिकारका रुपमा स्थापित गरी सेवा विस्तार गरेको २२ वर्षको अवधिमा महिलाको प्रजनन स्वास्थ्यमा प्रगति हुँदै गएको बताए।

चीन र भारतबाट फाइदा लिनसके मुलुक विकास गर्न समय लाग्दैनः उपाध्यक्ष पाण्डे

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालले चीन र भारतबाट फाइदा लिनसके मुलुक विकास गर्न समय नलाग्ने बताएका छन्।

मौसमका कारण सिमराका लागि उडेको जहाज काठमाडौं फर्कियो

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार ‘इनरुट वेदर’ बिग्रिएकाले दुई विमान ‘डाइभर्ट’ भएका छन्।

संयुक्त अनुगमन टोलीद्वारा ताप्लेजुङका माछा तथा मासु पसलको अनुगमन

ताप्लेजुङका मासु तथा माछा व्यवसायीलाई जिल्ला अनुगमन समितिले सुरक्षित तवरले बिक्री वितरण गर्दा अपनाउनुपर्ने न्यूनतम् व्यवसायिक मापदण्डबारे सचेत गराएको छ।

राष्ट्रिय कविता महोत्सवका १० उत्कृष्ट कवि पुरस्कृत

नेपाल प्रज्ञाप्रतिष्ठानको ६७ औं वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव २०८१ मा उत्कृष्ट घोषित १० कविलाई पुरस्कृत गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्