१६ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

अग्नि सापकोटाविरुद्धको मुद्दामा अनुसन्धानको सक्कल फाइल झिकाउन आदेश

सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटाविरुद्धको मुद्दामा अहिलेसम्म भएको अनुसन्धान प्रगति विवरणको सक्कल फाइल झिकाउन आदेश दिएको छ।

बिहीबार प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्ययाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र  कुमार रेग्मीको इजलासले अनुसन्धान प्रगति विवरणको सक्कल फाइल झिकाउन आदेश दिएको हो।

मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्नु र जाहेरी अनुसार अनुसन्धान कारबाही अगाडि बढाउनु भनी यस अदालतबाट पटक पटक आदेश भैसकेको परिप्रेक्ष्यमा अदालतको अन्तरिम आदेश पश्चात् के भएको हो त्यसको सक्कल फाइलसहित उपस्थित हुन आदेशमा भनिएको छ। 

प्रकाशित: १० आश्विन २०८१ १७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App