१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति: विदेशी मुद्राको सञ्चिति झण्डै २१ खर्ब

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मुलुकको विदेशी मुद्रा सञ्चिति बढेको छ।

गत असारको तुलनामा कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भएर साउनमा २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। असार मसान्तमा यो सञ्चिती २० खर्ब ४१ अर्ब १० करोड थियो।

राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा अमेरिकी डलरको सञ्चिति २.० प्रतिशतले वृद्धि भएर १५ अर्ब ५८ करोड पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा साउन मसान्तमा १८ खर्ब ८३ अर्ब ४२ करोड रुपैयाँ सञ्चिति रहेको छ। यो सार मसान्तमा भएको १८ खर्ब ४८ अर्ब ५५ करोडभन्दा १.९ प्रतिशतले बढी हो।

नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग साउन मसान्तसम्म २ खर्ब ८ अर्ब ७९ करोड रुपैयाँ सञ्चिति रहेको छ। यो रकम असार मसान्तको तुलनामा ८.४ प्रतिशतले वृद्धि भएको हो। साउन मसान्तमा भारतीय मुद्राको सञ्चिति कुल विदेशी मुद्राको २२.६ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ।

प्रकाशित: १० आश्विन २०८१ १४:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App