५ मंसिर २०८१ बुधबार
image/svg+xml

रास्वपाको विरोध प्रदर्शन आज बालुवाटारमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बालुवाटारमा विरोध प्रदर्शन गर्ने तयारी गरेको छ।

‘निजी उद्योगमा तीन सय बढी कानुनी समस्या’

उद्योग, कलकारखाना तथा व्यवसाय सञ्चालनका निम्ति नीतिगत सुधारको आवश्यकता औंल्याउँदै तीन सयभन्दा बढी समस्या पहिचान गरिएका छन्।

भन्सार छलेर ल्याइएका ४ लाखभन्दा बढीका सामान बरामद

जिल्ला प्रहरी कार्यालय कैलालीले भन्सार छलेर ल्याइएका ४ लाखभन्दा बढी मूल्य बराबरको सामान बरामद गरेको छ।

ज्ञान, सीप र पूँजी भित्र्याउने थप प्रतिबद्धतासहित एनआरएनए ग्लोबल कन्क्लेभ सम्पन्न

‘रूपान्तरण र एकताः सम्मानजनक श्रम, लगानी र नागरिकताको निरन्तरता’ भन्ने नारासहित सम्पन्न कार्यक्रम पछि १३ बुँदे घोषणापत्र जारी गरिएको कार्यक्रम आयोजक समितिका संयोजक तथा संघका उपाध्यक्ष डा. हेम राज शर्माले जानकारी दिए।

वीरगञ्जलाई सरसफाइसम्बन्धी सम्झौता अघि बढाउने बाटो खुल्यो

वीरगञ्ज महानगरपालिकाले सार्वजनिक निजी साझेदारीअन्तर्गत ३२ वटै वडाको सरसफाइको काम निजी क्षेत्रबाट गराउने सम्झौता कार्यान्वयनको बाटो खुलेको छ।

पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो लागेको छ।

लहानबाट मलेसियन नागरिकसहित चारजना पक्राउ

रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक मलेसियन नागरिकसहित चारजनालाई पक्राउ गरेको छ।

आइएसएफ जिम्नासाइड समर गेम्स: स्वस्तिका बक्सिङको फाइनलमा

नेपालकी युवा बक्सर स्वस्तिका तिरुवाले बहराइनमा जारी आइएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएकी छन्।

बङ्गलादेशका राष्ट्रपतिलाई अपदस्थ गर्न दबाब

गत अगस्टमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई हटाउन आन्दोलन गरेको समूहले बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनलाई राजीनामा दिन दबाब दिन थालेका छन्।

दुध आयातको ओली चाहनामा कांग्रेस ‘अवरोध’

सरकारले दुध तथा दुग्धजन्य पदार्थको आयात खोल्ने तयारी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको आग्रहअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दुध तथा दुग्धजन्य पदार्थको आयात खोल्ने तयारी गरेका हुन्।

दुई आयोगका पदाधिकारी सिफारिससम्बन्धी छनोट प्रक्रियामा सुझाव माग

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्यको नाम सिफारिससम्बन्धी छनोट प्रक्रियाको मस्यौदाउपर रायसुझाव र प्रतिक्रिया दिन माग गरेको छ।

एउटै नदीमा पाँच जलविद्युत् आयोजना

राहुघाट र आसपासका खोलामा पाँच दशमलव पाँच मेगावाट क्षमताको बगरखोला, चार दशमलव ७५ मेगावाटको स्यानोखोला, चार दशमलब ९० मेगावाटको अपर ठूलोखोला र १५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा छन्।

देशभरको मौसम बदली, यी प्रदेशमा हल्का वर्षाको सम्भावना

कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

एमाले-मीनबहादुर जग्गा लेनदेन कानुनविपरीत: सर्वोच्च

सर्वोच्च अदालतले एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले दिने भनिएको जग्गा कानुनविपरीत भएको बताउँदै हक हस्तान्तरण नगर्न सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्