दुश्मन हेरेको हेरै...
अहिलेका उम्दा गायक एवं अभिनेता प्रकाश सपुत र दुर्गेश थापाले गत मङ्गलबार एकअर्काका गीत फेसबुकमा साझा गरे। पहिले सपुतले दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेरै...’ गीतलाई फेसुबकमा राखे र ठट्यौली शैलीमा लेखे, ‘दाई बाटो नछोड्ने?’ त्यतिञ्जेल थापाको उक्त गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा थियो।