राष्ट्र शान्तिको कामनासहित पशुपतिनाथमा गरियो महारुद्राभिषेक
राष्ट्रमा दिगो शान्ति, समृद्धि तथा लोककल्याणको कामनासहित श्रीपशुपतिनाथ मन्दिरमा विशेष महारुद्रीसहितको क्षमापूजा गरिएको छ।
राष्ट्रमा दिगो शान्ति, समृद्धि तथा लोककल्याणको कामनासहित श्रीपशुपतिनाथ मन्दिरमा विशेष महारुद्रीसहितको क्षमापूजा गरिएको छ।
हप्तौँको आक्रमणपछि किएभले सुरक्षा कडा पारेको छ र राजधानीमा मङ्गलबार करिब एक दर्जन चर्को विस्फोट हुनुका साथै आकाशमा पनि आक्रमणको प्रभाव देखिरहेको एएफपीले जनाएको छ।
मंगलबार साँझ ५ बजेसम्म एक विदेशी नागरिकसहित ११८ जनाको हवाई उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
भोटेकोशी बाढीमा परेर पदयात्रा र धार्मिक यात्रामा रहेका धेरै विदेशी पाहुना सम्पर्कविहीन छन्। विदेशी नागरिक बाहेक बिदेशमा बस्ने तर नेपाल घुम्न आएका नेपाली पाहुना पनि त्यही बाढीको चपेटामा परेका छन। विपत्मा परेर हराएका स्वदेशी र विदेशी पाहुनाबारे सर्वत्र चिन्ता एकातिर छँदैछ, त्यससँगै विपत्का कारण पर्यटन क्षेत्रले नजिकिएको पर्यटकीय सिजनमा मार खेप्ने पक्का भएको व्यावसायीको चिन्ता छ।
पहिलो सेमिफाइनल खेलमा सहलेसले भारतको कालिम्पोङस्थित जर्जियन युनाइटेड फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
पाथीभरा क्षेत्र विकास समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिए।
नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार नेपालमा गत वर्षको अगस्ट महिनाको तुलनामा तीनहजार कम पर्यटक नेपाल आएका हुन्। सन् २०२५ को अगस्टमा ८८ हजार ६८० पर्यटक नेपाल आएका थिए।
रसुवामा गएको भीषण बाढीमा परेर तीन दिनसम्म सम्पर्कविहीन भएका बर्दियाका मजदुरहरू सकुशल घर फर्किएका छन्।
‘हामीले विपद् आयो भने कसरी भाग्ने भनेर धेरैपटक सल्लाह गरेका थियौं,’ पोखरेलले गहभरि आँसु पार्दै अन्तिममा भने, ‘तर त्यो दिन काल यसरी आयो कि मेरा साथीहरूले ती योजना सम्झिने र एक पाइला पर भाग्ने मौकासमेत पाएनन्।’
सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ जम्मा गरेको छ।
एमालेले प्रभावित जिल्लाहरूको जिम्मेवारीसमेत बाँडफाँट गरेको छ। रसुवाको संयोजन विनोद श्रेष्ठ, नुवाकोटको रूपनारायण श्रेष्ठ तथा धादिङ र चितवनको संयोजन रमेश आचार्यलाई दिइएको छ।
रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएका नागरिकको उद्धार तथा राहतका लागि कर्णाली प्रदेश सरकारले रु दुई करोड सहयोग गर्ने भएको छ ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गरेका हुन्।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की ६४ हजार रुपैयाँ घुससहित पक्राउ परेकी छन्।
उनले महाविपत्तिको समयमा राहत, उद्धार र पुनःस्थापनाको नेतृत्व सरकारले नै गर्नुपर्ने भए पनि सरकारले प्राप्त नगद तथा अन्य स्रोतसाधन केन्द्रीकृत गरेर राखेको बताए।