३ कार्तिक २०८१ शनिबार
image/svg+xml

ढुङ्गाले लागेर एक यात्रुकाे निधन

कन्चनजङ्घा बेसक्याम्प तर्फ ट्रेकिङ गर्दै जाने क्रममा ३ विदेशी नागरिक सहित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नम्बर ६ मा पुगेको टोलीका एक नेपाली नागरिकलाई माथिबाट झरेको ढुंगाले लागेर निधन भएको छ।

भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ

झापामा दुई वटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पश्चिम नवलपरासीमा भाइसँगै सुतेका दाइको हत्या, भाइ बेखबर

पश्चिम नवलपरासीमा २० वर्षीय युवकको हत्या भएको छ। १६ वर्षीया भाइसँगै सुतेका पाल्हिनन्दन गाउँपालिका ५ हर्दीका २० वर्षीय सूर्यकुमार (रोशनकुमार) बढईको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहोराले बताए।

पूर्वराज्यमन्त्री हत्या : घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद

सर्लाही प्रहरीले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको घटनास्थल नजिकैबाट घरेलु हतियार बरामद गरेको छ ।

करेन्ट लागेर एक जनाको मृत्यु

मकवानपुरको बकैया गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया (बेतिनीका २) वर्षीय रामराज बम्जन रहेका छन् । बकैया ४ माझीखोला स्थित नेपाल प्रेम चर्चको भवनमा वायरिङ गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

नेपालगन्जमा चार जना हुन्डी कारोबारी पक्राउ

ठुलो रकमसहित नेपालगन्जमा हुन्डी कारोबारमा संलग्न चार जना पक्राउ परेका छन् । नेपालगन्ज–१२, बेलासपुरबाट २४ लाख ६२ हजार तीन सय १५ रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन् ।

खोटाङका ८५ घर बाढी, चार सय ३९ घर पहिराको उच्च जोखिममा

जिल्ला प्रहरी कार्यालय खोटाङले बाढी र पहिराको उच्च जोखिममा रहेका घर तथा प्रभावित हुनसक्ने मानिसको सङ्ख्या सर्वेक्षण गरेको छ ।

नागढुंगा–नौबिसे सडक बुधबार र बिहीबार राती बन्द हुने

त्रिभुवन राजमार्ग (नागढुंगा–नौबिसे सडक खण्ड) बुधबार र बिहीबार रातीको समयमा पूर्ण रुपमा बन्द हुने भएको छ।

बेलौरीवासीको दुखेसोः चार दशकमा पनि बनेन कलुवापुर-बेलौरी सडक

कञ्चनपुरको बेलौरी नगरपालिकामा सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नागरिक सुनुवाइ कार्यक्रम आयोजना गर्यो।

पृथ्वीराजमार्गको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा आएको छ। शुक्लागण्डकी नगरपालिका–७ शेरामा बिहीबार सडक भासिएर अवरुद्ध भएको उक्त खण्ड एकतर्फी सञ्चालन भइरहेको छ।

सिरहा प्रहरी कार्यालय भित्रै महिला प्रहरी मृत भेटिइन्

जिल्ला प्रहरी कार्यालय सिरहाभित्र एक महिला प्रहरी जवान धारामा झुन्डिएको अवस्थामा मृत भेटिएकी छन् ।

पहिरोले ट्रयाक्टर बगाउँदा सहचालकको मृत्यु

पहिरोमा पुरिएर ताप्लेजुङको जिल्लाको सिरिजङ्गा गाउँपालिकास्थित निर्माणाधीन काबेली तेस्रो जलविद्युत आयोजनामा कार्यरत एक जनाको मृत्यु भएको छ।

बैतडीमा एक पुरुष मृत फेला

बैतडीमा एक पुरुष मृत फेला परेका छन्। दार्चुलाको लेकम गाउँपालिका-१ बित्थड घर भएका ५० वर्षीय तिखुरे खत्री मृत फेला परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्