१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

ढुङ्गाले लागेर एक यात्रुकाे निधन

कन्चनजङ्घा बेसक्याम्पतर्फ ट्रेकिङ गर्दै जाने क्रममा ३ विदेशी नागरिकसहित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ६ मा पुगेको टोलीका एक नेपाली नागरिकलाई माथिबाट झरेको ढुंगाले लागेर निधन भएको छ।

फक्ताङलुङ गाउँपालिका-६ को जापानटार नजिकै पर्ने इलिफोक भन्ने ठाउँमा गएको पहिरोबाट झरेको ढुङ्गाले लागेर टोलीका किचन सहयोगी संखुवासभाको सिलिचोङ गाउँपालिका ५ स्थायी घर भएका टिकाबहादुर राईको निधन भएको स्थानीयले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

उक्त ठाउँमा पहिरो झरिरहेकाले प्रहरी चौकी लुङ्थुङबाट गएको टोलीले उद्दार गर्न सक्ने अवस्था नभएको जनाएपछि थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरीको टोलि परिचालन भएको जनाइएको छ।

विदेशी नागरिक र अरू टोलीका सदस्यहरू भने सुरक्षित रहेको बताइएको छ। उक्त टोली सेकाथुम बसेर बिहान अघि बढेको थियो।

प्रकाशित: १९ आश्विन २०८१ १२:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App