२३ आश्विन २०८१ बुधबार
image/svg+xml

चार्टर्ड एकाउन्टेन्ट्स र उवासंघ प्रतिनिधि हटाएर विधेयक दर्ता

सरकारले धितोपत्र बोर्डमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था र नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधि सदस्य रहने व्यवस्था हटाएर अन्य सदस्य कायम राख्दै विधेयक ल्याएको छ।

क्रिकेट रंगशाला लगायतका खेल पूर्वाधारहरू मेरै पालामा सुरू गर्छु : खेलकुदमन्त्री चौधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले क्रिकेट खेलाडीका लागि भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताएका छन्।

नेपाली शिविरमा रहेका शरणार्थीहरू अझै भुटान फर्कने आशमा

पुनर्वास हुने शरणार्थीको संख्या १ लाख १३ हजार ३०७ पुग्यो। सात शिविरमा बाँकी रहेका शरणार्थीहरूलाई झापाको बेलडाँगी र मोरङको पथरी शनिश्चरे शिविरमा राखियो। यस वर्षको अन्त्यसम्ममा दुइटै शिविरमा गरी करिब ६ हजार ३ सय शरणार्थी बाँकी छन्, जसमध्ये करिब एक तिहाइले भुटान फर्कन चासो देखाए।

नेपाली टीमलाई भारतीय तीव्र गतिका बलर मोहम्मद शमीको टिप्स

भारतमा रहेको नेपाली टीमसँग भारतीय दिग्गज तीव्र गतिका बलर मोहम्मद शमीले आफ्नो अनुभव साटेका छन्।

जर्मनी र अस्ट्रेलियामा गुन्जिँदै ‘१९७४ एडी’

ब्यान्ड स्थापनाको ३०औं वर्षगाँठको अवसर पारेर वल्र्ड टुर गरिरहेको ब्यान्डले आगामी २४ अगस्टमा जर्मनीको स्टुगार्टमा सांगीतिक प्रस्तुति दिन लागेको ब्यान्डका व्यवस्थापक अनुज कार्कीले जानकारी दिए।

बंगलादेशमा अध्ययनरत विद्यार्थीबारे निजी मेडिकल कलेज: सरकारले अनुमति दिए इन्टर्नसिप गराउन तयार

राज्यले अनुमति दिए बंगलादेशमा अध्ययनरत मेडिकलका पीडित नेपाली विद्यार्थीलाई निःशुल्क इन्टर्नसिप गराउन आफू तयार रहेको एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले जनाएको छ।

थामेमा भेलबाढी विध्वंस: अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्न सांसदको सुझाव

राष्ट्रियसभाका सांसदले हिमताल फुट्नु पनि जलवायु परिवर्तनको असर भएको भन्दै यस विषयमा नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चमा गम्भीर ढंगले आवाज उठाउनुपर्ने र क्षतिपूर्तिसमेत माग्नुपर्ने बताएका छन्।

नेपालमा पनि एमपक्सको उच्च जोखिम

केही महिनादेखि अफ्रिका तथा अन्य देशमा फैलिरहेको एमपक्स (मंकीपक्स) को उच्च जोखिममा नेपाल पनि रहेको सरोकारवालाहरूले जनाएका छन्।

‘वातावरण संरक्षणमा तीन वटै तह जिम्मेवार बन्न आवश्यक’

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्दै वातावरण संरक्षणका लागि तीन वटै तह जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन।

‘नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ बनाउन युवाले भूमिका खेल्नुपर्छ’

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल र भारतबीचको सामाजिक,सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन युवाले भूमिका खेल्नुपर्ने बताएका छन् ।

कवि प्रद्युम्न जोशी र शिक्षाविद् प्राडा विद्यानाथ कोइराला पुरस्कृत

नेपाली शिक्षा परिषदले आफ्नो ७४ औं वार्षिकोत्सवको अवसरमा कवि प्रद्युम्न जोशीलाई नगद राशि ५० हजार रूपैयाँसहित ‘गोपाल पाँडे असीम पुरस्कार-२०८१’ प्रदान गरेकाे छ।

साफ यु–२०ः पहिलो खेलमा नेपाल पाहुना टोली श्रीलङ्कासँग भिड्दै

समूह ‘ए’ मा रहेका नेपाल र श्रीलङ्काबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्