७ कार्तिक २०८१ बुधबार
image/svg+xml
खेल

नेदरल्याण्ड्सका लेभिटले एनपीएलमा काठमाडौं गुर्खाजबाट खेल्ने

नेदरल्याण्ड्सका ब्याट्म्यान माइकल लेभिट काठमाडौं गुर्खाजबाट खेल्ने भएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) का लागि काठमाडौँले लेभिटलाई अनुबन्ध गरेको हो।

काठमाडौंले बुधबार सामाजिक सञ्जालमार्फत लेभिटलाई अनुबन्ध गरेको जनाएको छ।

काठमाडौंले लेभिटलाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो। यसअघि पोखरा एभेन्जर्सले पनि नेदरल्यान्ड्सका अलराउण्डर बास डे लिडलाई अनुबन्ध गरिसकेको छ।

२१ वर्षीय युवा ब्याट्सम्यान लेभिटले नेदरल्याण्ड्सका लागि ८ ओडिआई र १७ टी–२०आई खेलेका छन्।

प्रकाशित: ७ कार्तिक २०८१ १२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App