२ आश्विन २०८३ शुक्रबार
image/svg+xml

जेनजी आन्दोलनबारे कार्कीको अभिव्यक्तिले आयोगमाथि उठेको प्रश्न थप गम्भीर बनायो : आचार्य

नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जेनजी आन्दोलनबारे गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको पछिल्लो अभिव्यक्तिले आयोगको निष्पक्षता र अनुसन्धानमाथि गम्भीर प्रश्न उठेको बताएका छन्।

विमानस्थलबाट एक महिनामा एक करोड २५ लाख १८६ बराबरको सुन बरामद, ४५ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक किलो ६४३ ग्राम सुनसहित ४५ जनालाई पक्राउ गरेको छ।

अभिषेक शर्माको टी-२० मा कीर्तिमानको ओइरो, अफगानिस्तानविरुद्ध भारतको क्लिन स्वीप

अभिषेक शर्माको कीर्तिमानी शतकसँगै भारतले अफगानिस्तानविरुद्धको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला क्लिन स्वीप गरेको छ।

एक वर्षमा २५ अर्बका भ्रष्टाचार मुद्दा

गत वर्ष भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालतसहित देशका महत्त्वपूर्ण संरचनाहरूमा आगजनी हुँदा भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि जोगिन सकेन।

बिक्री गर्न नमिल्ने जग्गाको पाँच करोड ४० लाख बैना लिएपछि...

उनलाई काठमाडौं महानगरपालिका-१, नक्सालबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले गजेन्द्रनारायण सिंह अस्पतालको गेटअगाडि सडकको पेटीमा शिशुलाई जन्म दिएकी बबिता पासवानको घर पुगेर आमा र शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

युरोपा लिगमा युभेन्टस र क्रिस्टल प्यालेसको शानदार सुरुवात

यूईएफए युरोपा लिगको नयाँ सिजनमा युभेन्टस, क्रिस्टल प्यालेस र बोर्नमाउथले विजयी सुरुवात गरेका छन्। गएराति लिग चरणको पहिलो खेलअन्तर्गत विभिन्न नौ खेल भएका थिए।

भोटेकोशी बाढीमा पाँच हजार १४५ जना अझै बेपत्ता

पाँच हजार १४५ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

भारतीय अर्थमन्त्रीपछि विदेशमन्त्रीसँग पनि भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

बिहीबारदेखि तीनदिने भारत भ्रमणमा रहेका वाग्लेले विपद्पछिको पुनर्निर्माणसँगै नेपाल र भारतबिचको आर्थिक, राजनीतिक तथा कूटनीतिक सहकार्यका विषयमा छलफल गरिरहेका छन्।

विनाशकारी भोटेकोशी बाढीपछिको जोखिम कम गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

रसुवाको विनाशकारी भोटेकोशी बाढीपछिको जोखिम टार्नका लागि सञ्चारमाध्यम र सरोकारवालाको भूमिका महत्वपूर्ण हुने विज्ञहरूले जोड दिएका छन्।

बरन्डाबाट बरन्डामै सरुवा

गृहमन्त्रालयमा लामो समयदेखि जिम्मेवारीविहीन बनाएर राखिएका केही सहसचिवलाई सरकारले अर्को मन्त्रालयमा अतिरिक्त समूहमा सरुवा गरेको छ।

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेड्ने

मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्ने भएका छन्।

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउदै छन्।

अन्योलमा एन्फा, निकासका लागि आग्रह

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बन र सरकारी निर्देशनका कारण पछिल्ला महिना नेपाली फुटबलको प्रशासकीय निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को गतिविधि ठप्प छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्