२० कार्तिक २०८३ शुक्रबार
image/svg+xml
अपराध

प्रेममा हुँदा खिचिएका तस्बिर र भिडियो सार्वजनिक, दुई जना पक्राउ

सामाजिक सञ्जाल टेलिग्राम र एक्समार्फत महिलालाई दुःख दिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरी साइबर ब्युरोका अनुसार प्रेम सम्बन्धका क्रममा खिचिएका तस्बिर तथा भिडियो टेलिग्राममार्फत सार्वजनिक गरेको आरोपमा इलामका २९ वर्षीय विकल्प राई पक्राउ परेका छन्।

त्यस्तै, एक्समार्फत महिलाका निजी तस्बिर तथा भिडियो आफूसँग रहेको भन्दै सार्वजनिक गर्ने धम्की दिएको आरोपमा सिन्धुपाल्चोकका ३० वर्षीय सुजन पाण्डे पक्राउ परेका छन्।

ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दीपक राज अवस्थीका अनुसार दुवै जनालाई बिहीबार काठमाडौंका छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको हो।

उनीहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेको छ। काठमाडौं जिल्ला अदालतबाट राईविरुद्ध पाँच दिन र पाण्डेविरुद्ध चार दिनको म्याद थप गरिएको साइबर ब्युरोले जनाएको छ।

प्रकाशित: २० कार्तिक २०८३ २०:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App