४ आश्विन २०८३ आइतबार
image/svg+xml

सुनसरीमा घाँस काट्ने क्रममा रुख ढल्दा च्यापिएर महिलाको मृ*त्यु

सुनसरीको बर्जु गाउँपालिकामा हावाहुरीसँगै ढलेको रुखले च्यापेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्जु गाउँपालिका–६, चिमडीकी ३८ वर्षीया सीता यादव रहेकी छन्।

बाढीले बगाएको पुवाखोलामा नयाँ बेलिब्रिज निर्माण

इलाम सदरमुकामदेखि झापाको बिर्तामोड जोड्ने छोटो दुरीको मेची करिडोर अन्तर्गत पुवाखोलामा नयाँ बेलिब्रिज जडान सम्पन्न भएको छ। पुल निर्माणसँगै आइतबार देखि उक्त खण्डमा यातायात सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ।

पोखरामा गुञ्जियो तायाःमचा: खुल्लातर्फ तेर्सापट्टी र महिलामा नदीपुर च्याम्पियन

पोखरामा आयोजित २७ औं संस्करणको ‘तायाःमचा नृत्य प्रतियोगि-२०८३’ को उपाधि खुल्लातर्फ तेर्सापट्टी र महिलातर्फ नदीपुर तायाःमचा नाच समितिले जितेका छन्।

विश्व बैंकको १२ अर्ब लगानीमा बृहत्तर लुम्बिनीको मुहार फेर्ने खाका तयार

बुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्रका रूपमा विकास गर्न र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन १२ बुँदे सिफारिससहित तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।

नागरिकका लेखक डा. घिमिरेलाई बाबियाखर्क साकोसले गर्‍यो अभिनन्दन

नागरिक न्यूजका लेखक तथा नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक डा. उमेशप्रसाद घिमिरेलाई बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था (साकोस) ले अभिनन्दन गरेको छ।

भोटेकोशी बाढीः २८१ श’व गोकर्णेश्वरमा व्यवस्थापन ७ मिनेट अघि

गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तर सनाखत हुन नसकेका २८१ जनाको शवलाई भविष्यमा पहिचान खुले परिवारलाई बुझाउन मिल्ने गरी वैज्ञानिक रूपमा व्यवस्थापन गरिएको छ।

एमालेले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने, सोमबार सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय

एमालेको १०औँ सचिवालय बैठकले कार्यदलले तयार पारेको प्रतिवेदनलाई पनि अनुमोदन गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन्।

नयाँ टियागो ईभीको विशेष अफर, जोडी–फुल्ली ईभीमा आकर्षक अफर

ग्राहकले आफ्नो पुरानो गाडी एक्सचेन्ज गर्दा बेस्ट एक्सचेन्ज भ्यालुएसनको सुविधा पाउनेछन्, जसले नयाँ विद्युतीय गाडीमा अपग्रेड गर्ने प्रक्रियालाई अझ सहज र आकर्षक बनाउनेछ।

सिप्रदीको आधिकारिक सर्भिस सेन्टर श्री जाल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा

सर्भिस सेन्टरले अब बिहान ९ बजेदेखि राति ९ बजेसम्म सेवा उपलब्ध गराउने भएको हो। यसअघि सर्भिस सेन्टरको सेवा समय बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म रहेको थियो।

विपद् प्रभावित बालबालिकाका लागि ठेचोमा ‘स्याहार योजना’ कार्यान्वयनमा

योजनाअन्तर्गत ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा बालबालिकाका लागि अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा आएको छ।

पाल्पामा फोर्स गाडी सडकबाट खस्यो, ६३ वर्षीया वृद्धाको मृ’त्यु

पाल्पाको तानसेन नगरपालिका-८ भालेबासस्थित सिद्धार्थ राजमार्गमा फोर्स गाडी दुर्घटना हुँदा घाइते भएका छ जनामध्ये एक जनाको मृत्यु भएको छ।

भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

भक्तपुरस्थित भक्तपुर क्यान्सर अस्पतालमा शय्या अभावले बिरामी उपचार सेवा नपाई फर्कनु परेको छ।

एन्फा कोषाध्यक्ष र लेखापाल थप ४ दिन हिरासतमै रहने

जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले जोशी र पाण्डेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीले जानकारी दिए।

बाराको होटलमा च’क्कु प्रहार गरी एक जनाको ह’ त्या

बाराको जितपुर सिमरास्थित एक होटलमा घाँटीमा चक्कु प्रहार गरी एक व्यक्तिको हत्या भएको छ। हत्यालगत्तै फरार भएका मुख्य आरोपी र घटनामा संलग्न अन्य ५ जनासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्