५ वैशाख २०८२ शुक्रबार
image/svg+xml ७:४९ पूर्वाह्न

पक्राउ परे पनि युनद्वारा बयान दिन इन्कार

महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले अनुसन्धानका क्रममा कुनै बयान दिन नमानेको अन्सन्धानमा सम्लग्न अधिकारीहरूले बुधबार जनाएका छन्।

अब ५५ हजारमै कोरिया

रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत् दक्षिण कोरिया जाने नेपाली कामदारका लागि ५५ हजार रुपैयाँ हवाई भाडादर कायम भएको छ।

दक्षिण कोरियाले जेजु एयर फ्लाइट डाटा रेकर्डर अमेरिका पठाउने

दक्षिण कोरियाली सरकारले बुधबार दुर्घटना भएको जेजु एयर विमानको फ्लाइट डाटा रेकर्डर थप विश्लेषणका लागि संयुक्त राज्य अमेरिकामा पठाउने घोषणा गरेको योन्हाप समाचार एजेन्सीले जनाएको छ।

टिआइपीएफ सम्झौतामा मन्त्री भण्डारी र कोरियाली समकक्षीबीच हस्ताक्षर

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाका समकक्षी इन्क्यो च्योङबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्क (टिआइपीएफ) सम्झौतामा हस्ताक्षर भएको छ।

उपप्रधानमन्त्री सिंहद्वारा नेपाल-कोरियामैत्री नगरपालिका अस्पताल भवनको शिलान्यास

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल-कोरियामैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न नयाँ भवनको शिलान्यास गरिएको छ।

कोरियन एम्बासडर ओपन तेक्वान्दो च्याम्पियनसिप सुरु

नेपाल र कोरियाबीच दौत्य सम्बन्ध भएको ५० औं वार्षिकोत्सवको अवसरमा कोरियन एम्बासडर ओपन तेक्वान्दो च्याम्पियनसिप शुक्रवारदेखि सुरु भएको छ।

कोरियन भाषा पढाउँदै कालिकोटको तिला विद्यालय,भर्ना हुने विद्यार्थी ह्वात्तै बढे

कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि कोरियन भाषा पढाउन लागिएको विद्यालयले जनाएको छ। विद्यालयले व्यवस्थापनतर्फ ऐच्छिक विषयका रुपमा कोरियन भाषा पढाउने निर्णय गरेको हो।

तीन हजार डलरको छात्रवृत्ति

कोरियन विश्वविद्यालयले पूर्वाञ्चल विश्वविद्यालयमा विशेष आवश्यकता शिक्षा अध्ययरत विद्यार्थीलाई वार्षिक तीन हजार अमेरिकी डलरको छात्रवृत्ति दिने भएको छ ।

पारा ओलम्पिकमा सहभागी नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान

नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा ओलम्पिक २०२४ मा सहभागी हुन लागेका नेपाली खेलाडीलाई सफलताको कामनासहित बिदाइ गरेका छन । सो प्रतियोगिता आगामी २८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म फ्रान्सको पेरिसमा आयोजना हुँदैछ ।

काठमाडौँमा ‘के पप वर्ल्ड फेस्टिभल’ सम्पन्न

कोरियन पप सङ्गीतप्रेमीका लागि मनोरञ्जन दिलाउने र कोरियाको आधुनिक संस्कृतिको अनुभूति गराउने उद्देश्यका साथ शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपालस्थित गणतन्त्र कोरियाली राजदूतावासको आयोजनामा ‘के–पप वर्ल्ड फेस्टिभल’ सम्पन्न भएको छ ।

युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ कोरिया प्रस्थान

कोरिया सरकारको निमन्त्रणामा युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ औपचारिक शुक्रबार कोरिया प्रस्थान गरेका छन्। एक साताको कोरिया भ्रमणमा मन्त्री श्रेष्ठ विभिन्न कार्यक्रमहरूमा सरिक हुनेछन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्