३ जेष्ठ २०८३ आइतबार
image/svg+xml

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो परिमाणमा अवैध सामानसहित एक मालवाहक गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ।

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ। इच्छाकामना गाउँपालिका–१ कुलबाङगका दुई जनाको मृत्यु भएको हो।

सरकारले ६५ भ्रष्टाचार काण्डको छानबिन गर्नुपर्छ : ज्ञानेन्द्र शाही

सांसद ज्ञानेन्द्र शाहीले देशमा चर्चित बनेका ६५ वटा ठूला भ्रष्टाचार तथा अनियमितता सम्बन्धी काण्डहरूको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।

राजनीतिक लाभभन्दा माथि उठेर काम गर्ने बेला आएको छ : मन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका छन्।

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका ७५१ घरटहरा हटाएको छ।

कवितासङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा

कवि सुशान्त विकद्वारा रचित दलित समुदायको भोगाइ समेटिएको अङ्ग्रेजी भाषाको कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा आएको छ।

आईपिएल : बेंगलुरु र पन्जाब प्रतिस्पर्धा गर्दै

इन्डियन प्रिमियर लिग (आईपिएल)मा आइतबार रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)र पन्जाब किंग्सबीच प्रतिस्पर्धा हुँदैछ।

जनकपुर उच्च अदालतबाट तीन हजार मुद्दा फर्छ्यौट

जनकपुर उच्च अदालतले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म तीन हजार ११५ मुद्दा फर्छ्यौट गरेको छ।

सार्वजनिक स्रोत–साधनको दिगो उपयोग सुनिश्चित गर्न सुझाव

महालेखा कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन गर्दै सार्वजनिक स्रोत–साधनको मितव्ययी तथा दिगो उपयोग सुनिश्चित गर्न सुझाव दिएको छ।

कोरला नाकाबाट छ सय कार्टुन भेप बरामद

कोरला नाकाबाट शङ्कास्पद रूपमा लुकाई छिपाई भन्सार छलेर ल्याइँदै गरेका दुई वटा ‘कन्टेनर’को खानतलासी गर्दा उक्त परिमाणमा भेप फेला परेको हो।

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतबार सुन प्रतितोला चार हजार पाँच सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

जेनजी अभियन्ता माजिद अन्सारीद्वारा नेपाली कांग्रेसलाई पाँच गम्भीर प्रश्न

उनले संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न गठित नेपाली कांग्रेसको विज्ञ समितिसँग छलफल अगाडी पाँचवटा प्रश्न समेत गरेका छन।

मत्स्यनारायणमा भक्तजनको घुइँचो

आइतबारदेखि पुरुषोत्तम महिना सुरु भएसँगै राजधानीको दक्षिण पश्चिम भागमा अवस्थित मत्स्यनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्